बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

विदेश पठाइदिने भन्दै ठगि गर्ने सिन्धुलीका एकजना पक्राउ

बिहिवार , बैशाख २८, २०८०

सिन्धुली– क्यानडा तथा चेक रिपब्लिक पठाईदिन्छु भनी रकम ठगी गर्ने सिन्धुलीका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ०४ ढकालगाउँका उद्धव नेपाल भनिने सुवर्ण मग्रातीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले मंगलबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका वडा नं. १६ नयाँबजार बस्दै आएका ३४ वर्षिय मग्रातीले बाबुराम सापकोटासहित चारजनालाई वैदेशिक रोजगारीकालागि क्यानडा तथा चेक रिपब्लिक पठाइदिन्छु भन्दै पाँच लाख ठगि गरेका हुन् । मग्रातीले पिडितहरुसँग प्रतिव्यक्ति १० लाख रुपैँया लाग्ने र सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित अटोमोबाईल कम्पनीमा जनरल वर्करको काम लगाइदिने भन्दै प्रलोभनमा पारेको अपराध अनुसन्धानका प्रवक्ता प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले बताउनुभयो ।

ठगिमा संलग्न मग्रातीले पिडितहरुलाई मासिक दुई लाख रुपैँयासम्म तलव हुने भन्दै विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरी उपरिक्षक रेग्मीले जानकारी दिनुभयो ।

पिडितसँग पाँच लाख रुपैँया रकम लिई मग्राती सम्पर्क विहीन भएका थिए । उनलाई वैदेशिक रोजगार विभागबाट काठमाडौँ अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार गरिएको प्रहरी उपरिक्षक रेग्मीले बताउनुभयो । खोजतलासि गर्नेक्रममा मग्रातीलाई प्रहरीले मंगलबार काठमाडौँको नयाँबजारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।

प्रतिक्रिया