बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा चट्याङले लागेर ३ जना घाइते

सोमवार , बैशाख ११, २०८०

सिन्धुली – आइतवार राती पानी सहित परेको चट्याङ लागेर सिन्धुलीमा ३ जना घाईते भएका छन् । राती ८ः३० बजे गोलन्जोर गाउँपालिका ३ ओख्ले बस्ने बर्ष ५८ की दुर्गाकुमारी भुजेलको ढुंगा माटो र जस्ताको छानो भएको २ तले घरको बिजुलीको मिटर बक्समा अचानक चट्याङ लाग्दा घरमा बसिरहेको ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइतेहरु गोलन्जोर गा.पा. ३ ओख्ले बस्ने बार्ण ५८ की दुर्गा कुमारी भुजेलको ढाडमा चोट अवस्था बेहोस । धुलीखेल अथपतालमा सामान्यउपचार भई रहेको अवस्थामा सुधार रहेको । सोहीठाउ बस्ने दुर्गाको बुहारी बर्ष २८ की हिरा कुमारी भुजेलको भित्री चोट अवस्था सामान्य स्थानिय सुभ जिवन अस्पताल खुर्काेटमा सामान्य उपचार पचात डिस्र्चाज भएको र हिरा कुमारीको छोरा बर्ष ८ को निकेश भुजेलको ओठमा चोट र केश हल्का डढेको अवस्था सामान्य स्थानिय सुभ जिवन अस्पताल खुर्काेटमा सामान्य उपचार पथचात डिस्र्चाज भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रबक्ता प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले बताउनु भयो ।

प्रतिक्रिया