बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

मेलमिलापकर्ता पुर्नताजगी तालिम

शनिवार , बैशाख ९, २०८०

सिन्धुली – हरिहरपुरगढी गाउँपालिकामा सुचिकृत मेलमिलाप कर्ताहरुको लागि प्रदान गरिएको २ दिने पुर्नताजगी तालिमको शुक्रवार समापन भएको छ । हरिहपुरगढी गाउँपालिकाका उप्रमुख चेख बहादुर थिङको प्रमुख आतिथ्यतामा २ दिने पुर्नताजगी तालिमको समापन भएको हो ।

तालिमलाई समापन गर्नूहूदै उपप्रमुख थिङले पालिका भित्र आउने बिबाद सहजीकरण समाधान गर्न र समाजमा द्धन्द कम गर्न महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले तालिम पश्चात बिबाद सहजीकरण गर्न र मुद्धाको प्रकृती पहिचान गर्न महत्वपुर्ण भुमिका खेल्ने समेत बिश्वास ब्यक्त गर्नुभयो ।

तालिममलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले तालिमले मेलमिलाकर्ताहरुलाई सत्य,तथ्य छुट्याएर सहज हुने बताउनु भयो । हरिहरपुरगढीका ३५ जना मेलमिलापकर्ताको तालिममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया