सिन्धुली– कमलामाई नगरपालिका वडा नं. ४ ज्यामिरेका कृषकहरुलाई अनुदानमा कृषि सामाग्री वितरण गरिएको छ । नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अनुसार मखमली कृषक कृषक समुह संगको साझेदारीमा नगरपालिकाले ५० प्रतिशत अनुदानमा तरकारी खेतीका लागि उक्त सामाग्री वितरण गरिएको हो ।
सामाग्री वितरण कार्यक्रमको अवसरमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले कृषक हरुको आय आर्जन बढाउनको लागि अनुदान लगायत अन्य कुराहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
स्थानीय स्रोत साधन र सिपको प्रयोग गरि कृषकहरुको आय आर्जन र उत्पादनमा बृद्धि गराउने उदेश्यले नगरपालिकाले एक वडा एक उत्पादन कार्यलय ल्याएको उहाँले बताउनुभयो । कृषकहरुले उत्पादन गरेको कृषि सामाग्रीहरुलाई बजारिकीरण गर्नको लागि कृषि उपज तरकारी बजारमा नगरपालिकाले ३ वटा स्टल समेत उपलब्ध गराउने उहाँले प्रतिबद्धता जनाउनुभयो । साथै प्राप्त गरेको सामाग्रीहरुको सहि सदुपयोग गर्न र कृषि सम्बन्धी सल्लाह चाहिएमा प्राविधिक संग सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।
कार्यक्रममा कमलामाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले ज्यामिरेका कृषकहरुको आयआर्जनमा बिकास गर्नुका साथै ज्यामीरेमा सिंचाई खानेपानीको लागि मरिण डाइर्भन संग माग गरेको बताउनुभयो । सिन्धुलीमाढीमा लाग्ने हाट बजारमा ज्यामीरेका ९० प्रतिशत ब्यक्तीले स्थानीय स्तरमा उत्पादित खाद्य पदार्थ बिक्री गर्नेगरेको उहाँको भनाई छ । उहाँले कृषिमा लाग्नुभएका कृषकहरुलाई ब्यवसायीक रुपमा कृषि पेशामा लाग्न आग्रह गर्दै बजारिकीकरणको लागि वडा तथा नगरपालिकाले स्थानीय तथा बाह्य रुपमानै पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कमलामाई नगरपालिका ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकाललको अध्यक्षता तथा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा कमलामाई नगरपालिकाको कृषि शाखा प्रमुख र स्थानीय हरुको उपस्थिती रहेको थियो ।