बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

मरिणले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

शनिवार , बैशाख ९, २०८०

सिन्धुली – मरिण गाउँपालिकामा तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण तथा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिने भएको छ । बैशाख १० गते आईतबारदेखि गाउँपालिकाको सबै वडामा सामाजिक सुरक्षा भत्ता वितरण तथा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिने गाउँपालिकाले जनाएको छ ।

बैशाख १० गते वडा नम्बर १ को वडा कार्यालय खलङ्गामा, ११ गते वडा नम्बर २ को वडा कार्यालय मंग्रे र मा.वि.रातमाटामा, बैशाख १२ गते ३ गते वडा नम्बर ३ को वडा कार्यालय सातधारा र सामुदायिक स्वास्थ्य इकाई भवन बरुणमा भत्ता वितरण गरिने छ भने भत्ता लिन उपस्थित जेष्ठ नागरिकहरुको स्वास्थ्य पनि परिक्षण गरिने छ ।

साथै, बैशाख १३ गते वडा नम्बर ४ को वडा कार्यालय साहान र मा.वि.खयरसाल परिसरमा, १४ गते वडा नम्बर ५ को वडा कार्यालय बडीमुहानमा, १५ गते वडा नम्बर ६ को वडा कार्यालय छाप र आधारभुत विद्यालय देउरालीमा र १७ गते वडा नम्बर ७ को वडा कार्यालय जयमंगलमा भत्ता वितरण गरिने गाउँपालिकाले एक सुचना जारी गदै जानकारी दिएको हो । गाउँपालिकाद्धारा प्रकाशित सुचना अनुसार भत्ता बुझ्न आउँने लाभग्राहीहरुले नागरिकता र जन्मदर्ताको फोटोकपी, सामाजिक सुरक्षा कार्डको फाटोकपी, संरक्षकको नागरिकताको फोटोकपी र चेक लिई तोकिएको स्थानमा उपस्थित हुनु पर्ने छ ।

गाउँपालिकाले सबै लाग्राहीलाई उपस्थित भई भत्ता लिन र स्वास्थ्य परिक्षण गराउँन सुचनामार्फत अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया