सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकाले शिक्षामा रुपान्तरणकालागि एक दिने अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । बिहिबार माध्यमिक बिद्यालयमा शैक्षिक रुपान्तरणको आवश्यकताका बारेमा अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरीयता कायम गर्न जनप्रतिनिधि, स्थानिय तहका शिक्षा शाखा प्रमुख तथा कर्मचारी, बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष तथा बिद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष, अभिभावक लगायत सरोकारवाला निकायको भुमिकाको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा बिषय बिज्ञ कमल शिलवालले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा शिक्षकहरुले जानेका कुराहरुलाई सहज ढंगबाट बिद्यार्थीलाई कसरी सिकाउने, वर्तमान शिक्षण पद्धती, ब्यवहारिक ज्ञान, अभिभावकको भुमिका लगायतको बिषयमा बिषय बिज्ञ शिलवालले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले आफूले मेयरको पद सम्हालेदेखिनै शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग श्रोत साधन छ । तर, शिक्षा क्षेत्रको विकास हुन सकेको छैन । त्यसैले, शिक्षा क्षेत्रको विकासमा सरोकारवाला निकायबिच समन्वय गरेर अघि बढ्न आवश्यक छ ।”
सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीयता कायम गर्न नगरले वर्षेनि बजेटको ठूलो हिस्सा शिक्षा क्षेत्रलाई छुट्याइएको समेत मेयर पोखरेलले बताउनुभयो । उहाँले सामुदायिक विद्यालयकोे शिक्षा गुणस्तर सुधारकालागि आफु सधै प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अबका दिनमा नगरले शिक्षा निति निर्माण गर्ने, शिक्षालाई प्रविधिमैत्री बनाउने र जनचेतनामुलक कार्यक्रम वडा तहसम्म पु¥याउन विशेष जोड दिनेछ