सिन्धुली, – सिन्धुलीको मरिण गाउँपालिका ६ नयाँबस्ती चदुली दोभानमा कोसेली घर निर्माणको काम सुरु भएको छ । बुधवार मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले शिलान्यास गरेसँगै कोसेली घर निर्माणको काम सुरु भएको हो ।
मरिण गाउँपालिकामा उत्पादन हुने कृषिजन्य वस्तुहरु, दुग्धजन्य परिकार, हस्तकलाका सामाग्रीहरु, ढाका कपडाहरु लगाएतका स्थानिय वस्तुहरुको प्रदर्शनीमा राख्न तथा विक्री वितरण गर्नका लागि कोसेली घर बनाउन थालिएको अध्यक्ष मुक्तानले जनबकारी दिनु भयो ।
बागमती प्रदेश सरकारको २० लाख, मरिण गाउँपालिकाको १० लाख र उपभोक्ताको ३ लाख ४४ हजार श्रमदान गरी कुल ३३ लाख ४४ हजार लागतमा कोसेली घर निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ । आगामी जेठ मसान्त सम्ममा उक्त कोसेली घर निर्माण गरी सक्नुपर्ने जनाइएको छ ।