सिन्धुली– नेपाल सरकारको उच्च प्राथामिकताका साथ निर्माण भईरहेको सुनकोशी मरिण बहुउदेश्य आयोजनको टनेल निर्माण कार्य अनेक चुनौती र आलोचना हरु खेप्दै हाल सम्म सुरुङ्ग मार्गको तेश्रो समस्या पार गर्दै ४हजार ६ सय ९९ कि.मी टनेल निर्माणको कार्य सम्पन्न गरिएको बताईएको छ ।
तराईका समथर जमिनमा बाह्रैमहिना सिचाइको सुविधा उपलब्ध गराई उत्पादन तथा उत्पादकत्व बृद्धि गर्दै देशको दिगो विकास हासील गर्ने लक्ष्य सहित सुरु गरिएको सुनकोशी मरिण ड्राइभर्सनको प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सरकारकै पालामा प्रधानन्त्री रहजु भएको समयमा २०७८ असोजमा शिलान्याग गर्नुभएको थियो । शिलान्यास लगतैै नेपाली काँग्रेस नेतृत्वमा बनेको पाँच दलीय गबन्धन सेरबहादुर देउवा नेतृत्वको रहनु भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले १९ महिना पछि सुरुङ निर्माणको स्वीच अन गरेर टनेल निर्मणको औपचारिक कामको सुरुवात गर्नु भएको थियो ।
आयोजनाले चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले आयोजनाको सुरुङ खन्ने ठेक्का पाए पनि निर्माणको गुणस्तर कर्मचारीहरुको ब्यवस्थापको सबालमा पटक पटक स्थानीयहरुको आलोचना समेत भोग्दै आईहेको छ । तराई मधेसको आर्थिक समृद्धिसँग जोडिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ भने टनेल बोरिङ मेसिन (टीबीएम)ले खन्न २०८९ असोज अन्तिमबाट सुरु गरिएको टनेल ५ महिना अवधीमा झण्डै ५ किलोमिटर टनेल सुरुङ काम सकिनु प्रगति प्रति उत्साहित हुँदै समयमै कार्य सम्पन्न् हुने कुरामा आफुहरु विश्वसत रहेको सुनकोशी मरिण बहुउदेश्य आयोजना प्रमुख मित्र बरालले जानकारी गराउनुभयो ।
सुनकोशी मरिण आयोजनाको निर्माण अवधि पाँच वर्ष रहेको छ । आयोजनाको निर्माणका क्रममा विभिन्न् समस्याहरु आउने गरेका भएपनि राष्ट्रिय गौरबको आयोजनको रुपमा रहेको आयोजनामाहरुमा स्थानीय सबैपक्षको आवश्यक्ता र मागहरुको सम्बोधन गर्दा चुनौती र आलोचनाको सिकार बन्नु पर्ने अबस्था पनि बारम्बार आउने गरेको आयोजना प्रमुख मित्र बरालले बताउनुभयो । यद्यपि सुरुङ नखने सम्म वास्थविक भौगर्भिक अवस्था थाहा नहुने भएको हुनाले सुरुङको पुरा लम्बाई १३३०० मि. क्षेत्र नै जोखिमयुक्त हुन्छ । बिगतमा सुरुङको २१५६ मि. लम्बाइपुगेको अवस्थामा पहिलो पटक टिबिएम स्टककाको अवस्था पार गरेको यस आयोजनाले हालसालै मात्रसुरुङको शुरुको बिन्दुदेखि ४६६९ मि. लम्बाईमा पुनः टिबिएम स्टकको अवस्था सामना गरेको आयोजनाले विभिन्न् समस्यामा प्रबिधिक समस्या र चुनौती पार गर्दै अगाडि बढिरहेको बताएको हो ।
भौगर्भिक अवस्थाको कारणले मिति २०७९/१२/१७गते बाट भौगर्भिक समस्या आउन थालेको र विभिन्न प्रविधि समाधानका उपाय अपनाएता पनि मिति २०७९/१२/२१ बाट पुनः टिबिएम स्टकको अवस्था आएको र सोको समाधानकालागि मिति २०७९/१२/२७ बाट बाईपास टनेल निर्माण गरि टिबिएम स्टकको अवस्थाबाट पार गर्ने कार्य भईरहेको प्रमुख बराले जानकारी दिनुभयो ।
हालसालै मात्र सुरुङको शुरुको बिन्दुदेखि ४६६९ मि. लम्बाई मा पुन टिविएमको अवस्था सामना गरेको अवस्था छ । बरालले बुधबार आयोजनना गरेको पत्रकार सम्मेलनमा प्रगतिको बारेमा जानकारी दिनुहुँदै हाल चालु आर्थिक वर्षमा आयोजनाले गरेको भौतिक लक्ष्य तथा प्रगतिको बिवरण समेत सन्तोषजनक रहेको बताउनुभयो ।
सुनकोशी मरिन बहुउद्देश्यीयआयोजनाले सामाजिक दायित्वतथा वातावरणीय सुधार कार्यक्रम अन्तरगत विभिन्नकार्यक्रमहरु संचालन पनि गरिको छ । डुबान क्षेत्र र मरिन नदीमा निर्माण हुने पावरहाउस क्षेत्रमा नदी नियन्त्रण, सडक, सिंचाइकुलो, लिफ्ट सिंचाइ, खानेपानी लगायतका कार्यक्रमहरु आवश्यकता अनुरुप संचालन हुने जनाईएको छ ।
यस राष्ट्रिय गौरको आयेजना बाट सुनकोशी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोशी नदीको पानी १३.१ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । आयोजनाबाट २८.६२ मेगावाट विद्युत् उत्पादन गरिने जनाईएको छ ।