सिन्धुली – मरिण गाउँपालिका १ का वडा अध्यक्ष हिरा बहादुर गुर्मछान लगाएतले महिलालाई दुर्वव्यहार गरेको भन्दै नेकपा (एमाले) मरिण गाउँ कमिटीले गम्भिर ध्याकर्षण भएको बताएको छ । मंगलबार नेपाल कम्युष्टि पार्टी एमाले मरिण गाउँ कमिटीले एक प्रेश विज्ञप्ती जारी गर्दै महिला अभिभावक माथि दुर्ब्यबहार तथा हातपात गर्दै अभिभावकहरुले राखेको जिज्ञासाको जवाफै नदिई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एक वहादुर सिजाली तथा अन्य केही सदस्यहरु विद्यालयबाट वाहिर गएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
“उक्त समयमा पाठ्यपुस्तक लिन तथा विद्यालयको वारेमा वुझ्न जम्मा भएका विनिता आले लगायत अभिभावकहरु घाइते हुनुको साथै राज्य सत्ताको दुरुपयोग गरी हाम्रो पार्टीका क.नवीन वलम्पाकीलाई हिरासतमा राखिएको छ । तर नेकपा (माओवादी केन्द्र) मरिण गा.पा कमिटीले सार्वजनिक गरेको विज्ञप्तिमा स्थानीय अभिभावकहरुको नाम उल्लेख गरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सदस्य तथा वडा अध्यक्ष माथि दुब्यवहार तथा हातपात भयो भनी लेखिएको प्रति हाम्रो पार्टी खेद व्यक्त गर्दछ र उक्त घटनामा उहाँहरुको कुनै संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छ ,” विज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्थानीय समुदायको भावना बुझ्दै नवुझी भ्रामक तथा कपोकल्पित कुरा विज्ञप्ति मार्फत सम्प्रेषण गरेर भ्रमको खेती नगर्न नेकपा (माओवादी केन्द्र) र मरिण गाउँपालिकालाई विज्ञप्ती मार्फत सचेत गराएको छ ।
“हिरासतमा रहनु भएका नवीन वलम्पाकीलाई तुरुन्त रिहाई गरियोस साथै स्थानीय अभिभावक तथा महिलाहरुमाथि दुर्ब्यबहार तथा हातपात गर्ने जत्था र त्यसको नेतृत्वकर्ता वडाध्यक्ष हिरा वहादुर गुर्मछान तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एक वहादुर सिजाली माथि कानूनी कार्वाही गरियोस भनी हाम्रो पार्टी जोडदार माग गर्दछौं ” विज्ञप्तीमा भनिएको छ ।
