शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मरिणमा स्कुल व्यवस्थापन समिति अध्यक्षलाई बन्धक बनाएर कुटपिट

मंगलवार , बैशाख ५, २०८०

सिन्धुली – मरिण गाउँपालिका वडा नं. १ को कात्तिके माबिका अभिभावकहरुले व्यवस्थापन समिति अध्यक्षलाई बन्धक बनाएर कुटपिट गरेका छन् । अभिभावकहरुको कुटाईबाट समितिका अध्यक्ष एकबहादुर सिन्जाली मगर, सदस्य मेनुका फुयाल गम्भिर घाईते भएका मरिण गाउँपालिका वडा नं. १ का अध्यक्ष हिरा बहादुर गुर्मछानले जानकारी दिनुभयो ।

झगडा भएको जानकारी पाए पछि मिलाउन जादाँ आफुँलाई समेत हातपात गरेको वडा अध्यक्ष गुर्मछानले बताउनुभयो । घाईते सिन्जाली मगर र फुयाललाई उपचारको लागि धुलिखेल अस्पताल पठाईएको अध्यक्ष गुर्मछानले बताउनुभयो ।

विद्यालयको अस्थायी ट्रस भवन बनाउने बिषयमा छलफल गर्न बसेको अभिभावक बैठकमा सहभागी अभिभावकहरुले अध्यक्षलाई विद्यालय कोठामै दिनभर थुनेर राखी कुुटपिट गरेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले बताउनुभयो । भवन बनाउने बिषयमा बैठक बसे पनि छिमेकी आधारभुत विद्यालय खलंगामा मावि संचालनका लागि सहमती दिने बिषयको कुरा निकालेर समितिका अध्यक्ष माथि कुटपिट भएको गाउँपालिका अध्यक्ष मोक्तानको भनाई छ ।

मरिण गाउँपालिकाले वडा नं. १ मै रहेको आधारभुत विद्यालय खलंगामा ९ र १० कक्षा संचालनको लागि अनुमती दिन प्रक्रिया थालेको छ । गाउँपालिकाबाट अनुमती पाउन छिमेकी विद्यालयको सहमती चाहिने भएकाले आधारभुत विद्यालय खलंगाले कात्तिके माविसँग सहमती माग गरेको थियो । कात्तिके माबिका अध्यक्ष लगाएत बहुमत सदस्यहरुले सहमती दिने निर्णय गरेका थिए । तर विद्यालयका प्रधानाध्यापक, एक शिक्षक प्रतिनिधि र एक सदस्यले भने सहमती दिन असहमती जनाएका थिए । सोही बिषयलाई लिएर आईतवारको बैठकमा झडपको स्थिती सिर्जना भएको बताईएको छ ।

प्रतिक्रिया