सिन्धुली,– कमलामाई नगरपालिका ११ कोल डाँडामा निर्माण गरिएको कोलडाँडा सामुदायीक भवनको उज्ज्वल भविष्य देउसी भैलो कार्यक्रमको आयोजनामा आइतवार उदघाटन गरिएको छ । कमलामाई नगरपालिका वडा नं. ११ को ३ लाख, नवज्योती सामुदायीक बनको ४० हजार र १ लाख १५ हजार जनश्रमदानमा निर्माण भएको भवनको कमलामाई नगरपालिका वडा नंं ११ का वडा अध्यक्ष राम बहादुर थिङले उदघाटन गर्नु भएको हो ।
भवन उदघाटन कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष थिङले जनताको जिवन स्तर उकास्न पालिकाबाट आवश्यक बजेट बिनियोजन गर्न पहल गर्ने बताउनु भयो । साथै उहाले वडा नं. ११ को पुर्वाधार बिकास संगै कृषिमा बिशेष जोड दिने बताउनुभयो । कार्यक्रमको संयोजन दुर्गा बहादुर घलानले गर्नु भएको वडा नं. ११ का वडा सदस्य अजय दोङ तामाङले जानकारी दिनु भएको छ ।