सिन्धुली, – सिन्धुलीको सुनकोशी गाउँपालिकाले कार्यलयबाट अतिरिक्त समयमा सेवा दिन सुरु गरेको छ । गाउँकार्यपालिकाको निर्णय अनुसार आइतबार बाट उक्त सेवा सुरु गरिएको हो ।
आइतबार देखि बिहिबार सम्म बिहान ९ बजे देखि साझँ ६ बजे सम्म र शुक्रबार ४ बजे सम्म कार्यालय खुल्ला रहने छ । नागरिकलाई सहज र सर्वसुलभ सेवा प्रदान गर्ने उदेश्यले पालिकाले अतिरिक्त समयमा सेवा सुरु गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अतिरिक्त समयमा गाउँपालिकाको कार्यलयमा अधिकृत स्तरका एक जना, इन्जिनियर वा सव इन्जिनीयर एक जना, पाचौं स्तर र चौथो स्तरका एक एक जनार कार्यालय सहयोगि एक जना गरि बिहान ५ जना र बेलुका ५ जनाको सिफ्ट रहने छ । पालिका संगै पालिका मातहतका वडा कार्यालय तथा अन्य कार्यलयहरुमा समेत अतिरिक्त समयमा सेवा प्रदान गरिनेदर्जीले जानकारी दिनु भयो ।
सरकारी कार्यालय १० बजे खुल्ने भए पनि समयमा कर्मचारी नआउने भएकाले नागरिकले सेवा लिन धेरै समय पर्खिनु पर्ने बाध्यता रहेको छ । नागरिकलाई छिटो, छरितो, चुस्त दुरुस्त र गुणस्तरिय सेवा प्रदान गर्नको लागि अतिरिक्त समय सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाको अर्को निर्णय नभए सम्म उक्त सेवा संचालन गरिने प्रमुख प्रशासकिय अधिकृत दर्जीले जानकारी दिनुभएको छ ।