शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको जंगलमा एक पुरुषको शव फेला

आइतवार , बैशाख ३, २०८०

सिन्धुली – सिन्धुलीमा ३२ वर्षिय पुरुषको सव फेला परेको छ । कमलामाई नगरपालिका १४ को ठुलो खिरखिरे जंगलमा ३२ वर्षिय पुरुषको शव फेला परेको हो । चैत २९ गते अन्दाजी विहान १० बजेको समयमा धनुषा मिथिला नगरपालिका ११ का ३२ वर्षिय राजन माझीको शवे जंगलमा फेला परेको हो ।

घास दाउरा काट्न कनपा १४ खिरखिरे पुगेका माझी रातीसम्म घर नफर्किए पछि परिवार तथा स्थानियले खोजि गरेका थिए । खोज गर्ने क्रममा राती ११ बजे माझीको शब खिरखिरे जंगलमा फेला परेको स्थानियले प्रहरीलाई जानकारी दिएको प्रहरी निरिक्षक किशोर ढुगंनाले बताउनुभयो । उहाँका अनुसार माझीको बाँया टाउको पट्टीको भाग र दाहिने खुट्टा पट्टिको भाग छुट्टिएर दुवै भाग कोल्टे परेको अवस्थामा फेला परेको थियो । मृत्युको कारण हाल सम्म नखुलेको उहाँले बताउनुभयो ।

घट्नास्थलमा हेर्दा भने जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हुन सक्ने उहाँले जानकारी दिनुभयो । घट्नाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया