सिन्धुली – महालेखा परिक्षकको ६० औं बार्षिक प्रतिवेदन अनुसार तिनपाटन गाउँपालिकाको बेरुजु सबैभन्दा बढी देखिएको छ । महालेखा परिक्षकको आर्थिक बर्ष २०७८÷०८९ को बार्षिक प्रतिवेदनमा जिल्लाको नौ स्थानिय तह मध्ये तिनपाटन गाउँपालिकाको बेरुजु ८ करोड बढी देखिएको हो । गाउँपालिकाको १ अर्ब ८४ करोड ९२ लाख २४ हजार रुपैयाँको लेखा परिक्षण गर्दा ८ करोड १ लाख ९७ हजार अर्थात ४ दशमलव ३४ प्रतिशत रकम बेरुजु देखिएको हो ।
यस्तै, मरिण गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ । जिल्लाका नौ स्थानिय तह मध्येमा सबै भन्दा कम उल्लेख छ । मरिण गाउँपालिकाको कुल १ अर्ब १९ करोड ४३ लाख २८ हजार रुपैयाँको लेखा परिक्षण गर्दा ४३ लाख ८५ हजार रुपैयाँ अर्थात शून्य दशमलव ३७ प्रतिशत बेरुजु देखिएको हो ।
जिल्लाका दुई नगरपालिकामा कमलामाई नगरपालिकाको बेरुजू धेरै आएको छ । कमलामाई नगरपालिकाको कुल २ अर्ब ८४ करोड ९२ लाख १९ हजार रुपैयाँको लेखा परिक्षण गर्दा ५ करोड ९४ लाख ४ हजार अर्थात २ दशमलव ०८ प्रतिशत बेरुजू आएको छ । दुधौली नगरपालिकाको कुल २ अर्ब ६६ करोड २० लाख ३३ हजार रुपैयाँको लेखा परिक्षण गर्दा ३ करोड ४५ लाख ८१ हजार अर्थात १ दशमलव ३ प्रतिशत बेरुजु आएको छ ।
सुनकोशी गाउँपालिकाको १ अर्ब १७ करोड ५ लाख ६४ हजार रुपैयाँको लेखा परिक्षण गर्दा ७ करोड ८ लाख ४४ हजार अर्थात ६ दशमलव ०५ प्रतिशत रकम बेरुजु देखिएको हो । फिक्कल गाउँपालिकाको १ अर्ब १३ करोड २४ लाख ९४ हजार रुपैयाँको लेखा परिक्षण हुदाँ ३ करोड ६७ लाख २० हजार अर्थात ३ दशमलव २४ प्रतिशत बेरुजु आएको छ ।
गोलन्जोर गाउँपालिकाको १ अर्ब ६ करोड ७९ लाख १७ हजार रुपैयाँको लेखा परिक्षण गर्दा २ करोड ५८ लाख ३२ हजार अर्थात २ दशमलव ४२ प्रतिशत बेरुजु देखिएको छ ।घ्याङलेख गाउँपालिकाको ७७ करोड ९ लाख ३४ हजार रुपैयाँको लेखा परिक्षणमा ३ करोड ९८ लाख २७ हजार अर्थात ५ दशमलव १७ प्रतिशत बेरुजु आएको छ ।हरिहरपुरगढी गाउँपालिकाको १ अर्ब १८ करोड २१ लाख ३७ हजार रुपैयाँको लेखापरिक्षणमा ३ करोड ८० लाख ५१ हजार अर्थात ३ दशमलव २२ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।