शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा जंगली जनावरबाट बाली जोगाउन सकस

शनिवार , बैशाख २, २०८०

सिन्धुली,– सिन्धुली जिल्लामा ग्रामीण क्षेत्रका किसानलाई जङगली जनाबरबाट आफुले उत्पादन गरेको बाली जोगाउन सकस परेको छ ।

जङगल छेउमा रहेका बस्तिका किसानले आफ्नो खेतबारीमा उत्पादन गरेको सिजन अनुसारको बाली जंगली जनाबरले आएर खाएर तथा उफ्रेर नष्ट गर्दै आएको गुनासो उहाँको छ । कमलामाई नगरपालिका–३ चपौलीमा बाँदर लगायत दुम्जी, बँदेल लगायतका जङगली जनाबरले किसानलाई धेरै दुःख दिदै आएको उहाँले सुनाउनुभयो । जङ्गली जनावरले बाली सखाप पार्न थालेपछि किसान आजित भएका छन् । जिल्लाको पहाडी क्षेत्रमा उत्पादन भएको बालिनाली जोगाउन मुस्किल हुने गरेको किसान स्वयम् बताउछन् ।

स्थानीयका अनुसार महाभारत तथा गड्तीर क्षेत्र अन्र्तगतका सुनकोसी गाँउपालिका, गोलञ्जोर गाँउपालिकाका, कमलामाई नगरपालिका, घ्याङलेख गाँउपालिका लगायत ठाँउका किसानले सिजन अनुसार उत्पादन गर्ने मकै, भटमास, आलु, अन्य तरकारी र फलफुल जङगली जनावरले सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् ।

घ्याङलेख गाँउपालिकाका अध्यक्ष जगतबहादुर भोलन पनि जंगली जनाबर बाँदर र बँदेलबाट किसानलाई आफ्नो खेतबारीको बालीनाली जोगाउन निकै सास्ती भएको बताउनुहुन्छ । ‘बारीमा बाँदर धपाउन जाँदा एक जना किसानले ज्यान नै गुमाउनु प¥यो । बाँदर र बदेलले ब्यापकै बालीनाली क्षेती गरेको छ । रोकथाम नै गर्न नसक्ने अवस्था छ ।’

यतिखेर आफ्नो खेतबारीको बाली बाँदरबाट जोगाउन गाँउका सबै किसान पालो लगाई सामलखाजा घरबाट लगेर दिनभरि खेतमा बाँदर धपाउन बस्ने गरेको गोलन्जोर गाँउपालिका–३ निवासी किसान गणेश थापाको गुनासो छ । धेरै जसो बिसानको विहान उठेदेखि बेलुका साँझसम्म नै खेतमा बास हुने गरेको र जंगलको छेउछाउको बस्तिका किसान बाँदरबाट धेरै पीडित बनेका उहाँको भनाई छ ।

बाँदरले घरमै आएर झुण्ड्याएर राखेको मकै समेत छाड्दैन, हाम्रो त मुख्य बाली नै मकै बाली हो,’ उहाँले भन्नुभयो, “बालीनाली बाँदर, दुम्सी, बदेल लगायतका जङगली जनावरले सखाप पार्दछ ।” त्यस क्षेत्रका खेतबारीमा दुम्सी र बदेलका लागि स्थानीयले पासो समेत बनाएर राखेका छन् ।

गोलन्जोर गाँउपालिका–५ हिर्दिङ्गका किसान कुलबहादुर भुजेलले भन्नुभयो, ‘दिनभर बादर धमाउदै बित्छ । राती दुम्सी र बदेलले खान्छ, कसरी बालि जोगाउनु ।’ सुनकोसी गाँउपालिका ७ मझुवा क्षेत्रका किसान पनि बादर र बदेलबाट बाली जोगाउन हम्मे हम्मे परेको बताउछन् । गाउँ नजिकै रहेको जङगलबाट राती बँदेलको बथान आएर लगाएको बालीनाली सखाप पार्न थालेको स्थानीय बताउछन् ।

‘पहिले–पहिले बँदेल गाँउ बाहिरका टाढाका बारीमा मात्र आउने गर्थे, अहिले त गाउँमै आएर बालीनाली नष्ट पार्न थाले चिन्तित हुन परेको सुनकोसी गाँउपालिका–७ मझुवा निवासी किसान सुनीलाल लामाले बताउनुभयो । उहाँका अनुसार वरपर जङगल रहेको र छेउको बाली भएको बारीमा दैनिक बादर र बदेल पस्ने र बालि नष्ट गर्ने गरेको छ ।

वर्षभरि दुःख गरेको बालीनाली आँखै अगाडि बँदेलले तहसनहस पार्न थालेपछि परिवारको गर्जो टार्नसमेत समस्या हुने स्थानियको भनाई छ । विगत पाँच वर्षदेखि गाउँमा बँदेल आतंक बढ्न थालेको घ्याङलेख गाँउपालिकाका किसान बताउछन् । स्थानीय किसानका अनुसार बाँदर र बदेलले बाली नष्ट पार्न थालेपछि छेउको बारी हुने धेरै किसानका खेत बाझै छ ।

प्रतिक्रिया