काठमाडौँ,०२ बैशाख - माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
गोली लागेर पूर्वमन्त्री पुनकी आमा ७० वर्षीय तीर्थमाया पुन घाइते भएकी छन् । देब्रे खुट्टामा गोली लागेकाे छ । उनको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरी जवान प्रकाश पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाश कामु प्रधानन्यायाधीस हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिएका व्यक्ति हुन् । उनी नातामा तीर्थमायाको नजिक नाती पर्छन् । शुक्रबार राती भएको उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘ नेता पुन भने उपचारका लागि चीनमा छन् ।