बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

योजनाको अनुगमन गर

बुधवार , चैत्र २९, २०७९

चालु आर्थिक वर्ष २०७९/०८० मा केन्द्र, प्रदेश र स्थानिय सरकारले अर्बौँ लगानीमा पुर्वाधार तथा सामाजिक विकासका विभिन्न योजनाहरु सिन्धुलीमा संचालन गरिरहेको छ । केन्द्र र प्रदेश मातहतका सरकारी कार्यालयले जिल्लामा सडक, भवन, सिचाईँ लगायत विभिन्न भौतिक पुर्वाधार निर्माणका योजनाहरुमा काम गरिरहेको छ । टेण्डरमार्फत हुने विकास निर्माणका कामको गुणस्तरीयतामा सधैँ प्रश्न उठ्ने गरेको छ । वैज्ञानिक ठेक्का प्रणाली नहुँदा गुणस्तरीयतामा प्रश्न उठ्नु स्वभाविक नै हो । तर, अनुगमन र नियमन गर्ने निकायनै ठेकेदारप्रति उदार र लचक भइदिदा पुर्वाधार निर्माणको काम गुणस्तहिन भइरहेको छ ।

निर्देशन बाहिर गएर योजना निर्माणको काममा कम गुणस्तरका सामान प्रयोग गर्ने परिपाटि विगतदेखिनै हो । ठेकेदारले कम गुणस्तरका सामान प्रयोग गर्दै कमजोर संरचना बनाउने र अनुगन/नियमन गर्ने निकाय मौन बस्ने हुँदा चोरको हातमा चाबि भनेजस्तै भएको छ । तसर्थ, जिल्लाका सरकारी कार्यालयको नेतृत्वले राज्यको लगानीमा निर्माण भइरहेका योजनाहरुको वैज्ञानिक तबरले अनुगमन गर्न जरुरी छ । त्यस्तै, जिल्लाका स्थानिय तह अन्तगर्तका शाखाबाट संचालित योेजनाको अनुगमनलाई पारदर्शि बनाउन जनप्रतिनिधि र कर्मचारी गम्भिर हुन आवश्यक छ ।

जिल्लाका केही सरकारी कार्यालयले सार्वजनिक खरिद ऐन बाहिर गएर योजना सम्झौता गरेको भन्ने खबरपनि बाहिर आउने गरेको छ । नियमविपरित हुने खर्चलाई रोक्न सरोकारवाला निकायले निगरानि बढाउन जरुरी छ । त्यस्तै, सरकारी कार्यालयले गर्ने खर्चलाई पारदर्शि बनाउन जिल्ला प्रशासन लगायत सरोकारवाला निकायले आवश्य पहल गर्न कञ्जुस्याँई गर्नुहुदैँन ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया