सिन्धुलीमा निर्माण गरिएको ८ सय ८८ संस्थागत र सार्वजनिक शौचालय मध्य अधिकांश शौचालयको दुरगन्दित छ । सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानियको बेवास्ता र जिम्मेवार निकायले सरसफाईमा ध्यान नदिदाँ जिल्लामा निर्माण भएका सार्वजनिक शौचालय प्रयोगविहिन बनेको छ । कमलामाई नगरपालिका ६ स्थित शनिबारे हाट बजारमा रहेको सार्वजनिक शौचालयको सरसफाईमा कसैको ध्यान नजादा ग्वाङखोला आसपासका क्षेत्रमा खुल्ला शौच गर्नेको संख्या बढेको छ । उक्त सार्वजनिक शौचालय त एउटा उदाहरण मात्र हो । जिल्लाको नोँ वटै स्थानिय तहमा निर्माण गरिएको सार्वजनिक शौचालयको संरक्षण र सरसफाईमा जिम्मेवार निकाय उदासिन देखिएको छ ।
‘सन २०१६ भित्र सबै मिलीजुली, खुल्ला दिशामुक्त जिल्ला बनाऔं सिन्धुली’ भन्ने नाराका साथ सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले करोडौं लगानीमा सिन्धुलीलाई २०७५ सालमै खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिए पनि कतिपय ठाउँमा अझै व्यवस्थित शौचालयको अभाव छ । तसर्थ, जिल्लामा फोहोरपानी र दिसाजन्य फोहोरको प्रशोधन सहितको शौचालय सबैको पहुँचमा पुर्याउन सके मात्र खुला दिसामुक्त अवस्थाको दिगोपना हुने देखिएको छ ।
शौचालय निर्माणमा लाखौँ खर्च भएपनि संरक्षण र रेखदेखमा सरकारी संयन्त्र मौन हुँदा सार्वजनिक शौचालय प्रयोगविहिन भएको छ । जिल्लामा रहेका सार्वज्निक शौचालयमा पानीको अभावमात्रै नभएर शौचालय भित्र छिर्नै नसक्नेगरि फोहोर थुप्रिने गरेको स्थानियले गुनासो गरेका छन् । तसर्थ, सार्वजनिक शौचालय निर्माणमा देखाइएको तदारुकतालाई कायम राख्दै शौचालयको संचालन र व्यवस्थापनमा पनि उत्तिकै जोड दिन आवश्यक छ ।