बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

स्थानिय उत्पादनलाई प्रोत्साहन गरौँ

शनिवार , चैत्र १८, २०७९

सिन्धुलीमा वर्षेनि उद्योग दर्ता गर्ने क्रम बढ्दो छ । घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा एक हजार भन्दा बढि उद्योग दर्ता भएका छन् । जिल्लामा उत्पादनमूलक उद्योगमा सय बढि वटा उद्योगहरु दर्ता भएका छन् । दर्ता भएका उद्योगहरुले खासै प्रगति गर्न सकिरहेको छैन। । धेरैजसो व्यवसायीले दर्तामात्र गरेर राखेको अवस्था पनि छ । पुजि र उचित वातावरणको अभावका कारण पनि उद्योगहरु कागजमै मात्र सिमित भएको अवस्था छ । विश्वमै माग रहेको अल्लोको कपडा सिन्धुलीको फिक्कल गाउँपालिका लगायत केहि स्थानिय तहमा उत्पादन भइरहेको छ । अल्लोको कपडामात्र नभएर स्थानिय श्रोतसाधनबाट झोला, टोपी, पछ्यौरा लगायत जिल्लाको विभिन्न स्थानिय तहमा थरिथरिका उत्पादन भइरहेको छ ।

सिन्धुलीमा रहेको नौँवटै स्थानिय तहमा त्यहाँ रहेको प्राकृतिक श्रोतसाधनको उपयोग गरेर उत्पादनमूलक कार्यमा लाग्ने हो भने स्थानियको जिवनस्तरमा धेरै परिवर्तन आउनेछ । बजारको अभाव, सरकारी संयन्त्रबाट कम सहयोग लगायत विभिन्न कारणले स्थानिय उत्पादन फस्टाउन सकेको छैन । तसर्थ, जिल्लाका स्थानिय तहमा संभावना भएका सामाग्रीहरु उत्पादनकालागि सम्बन्धित निकायले गम्भिर भएर सोच्न आवश्यक छ । अतः स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न स्थानिय तहदेखि केन्द्रिय सरकारले विशेष जोड दिन जरुरी छ ।

प्रतिक्रिया