सिन्धुलीमा दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रभावित भएको छ । जिल्लाको सरकारी कार्यालयमा कर्मचारीको दरबन्दि कम हुँदा सेवा प्रवाहमा समस्या हुदैँ आएको छ । अस्पताल देखि विद्यालय सम्म कर्मचारीको अभाव हुँदा जिल्लामा समस्या पर्दै आएको छ । जिल्लाबाट केन्द्रमा प्रभावशालि नेतालाई निर्वाचित गराएर यहाँका नागरिकले पठाएपनि यस्ता समस्या ज्युको त्युँ नै छ । अन्य जिल्लामा प्रभावशालि नेताहरुको पहलमा विकास देखि जिल्लामा रहेका समस्याको समाधानकालागि प्रयासहरु भएको समाचार आउँछ । तर, सिन्धुलीमा भने जतिनै प्रभावशालि नेतालाई निर्वाचित गराएपनि केन्द्रकै चहलपहलमा केन्द्रित भइरहेका छन् । जिल्लामा नौँवटा स्थानिय तह छन् । ती स्थानिय तहमा दरबन्दी अनुसारको कर्मचारी नपठाइएको, दरबन्दीनै कम भएको लगायत अनेकौँ समस्याहरु छन् । केन्द्र सरकारको प्राथमिकतामा ती समस्याहरु पर्ने हो भने समाधानकालागि धेरै समय लाग्दैन । तर, जिल्लामा देखिएको समस्याप्रति केन्द्रका नेताहरु मौन देखिएका छन् ।
सिन्धुलीका सामुदायिक विद्यालयमा दरबन्दी कम भएकोले शिक्षा प्रभावित भइरहेको छ । शिक्षमा मात्र नभएर स्वास्थ्य क्षेत्र देखि अन्य क्षेत्रमा समेत दरबन्दिको समस्या रहदै आएको छ । तसर्थ, रिक्त दरबन्दी भएको क्षेत्रमा कर्मचारी पठाउने र कर्मचारीको समस्या रहेको ठाउँहरुमा केन्द्रदेखि प्रदेशसम्म पहल गर्ने कार्य हुन जरुरी छ ।