सिन्धुलीमा बाघको आतंकबाट स्थानिय आक्रान्त भएका छन् । जिल्लाको फिक्कल गाउँपालिकामा बाघले पशुचौपाय मार्ने र खाने गरिरहेको छ । फिक्कल गाउँपालिका वडा नम्बर ३ र ६ नम्बर वडामा बाघले स्थानियको गोठमा आएर दैनिक पशु चौपाय मार्ने गरेको छ । महाभारत जंगलबाट बाघ आएर एक साताको अवधिमा एक दर्जनभन्दा बढी गाईभैंसी, बाच्छा बाच्छी, खसीबोका मारिसकेको छ । बाघले गोठमै आएर पशुचौपाय मार्न थालेपछि स्थानिय पनि त्रसित भएका छन् । बाघको त एक उदारणमात्र हो । जंगली जनावरले सिन्धुलीका निश्चित क्षेत्रमा आतंक मच्चाइरहेको छ । केहि समय अगाडि हात्तिको आक्रमणबाट जिल्लामा एक जनाले ज्यान गुमाए । जिल्लाको पहाडी तथा महाभारत क्षेत्रमा जंगली जनावार बादँर, दुम्सी, बँदेलले अन्नबाली खाने गरेको स्थानियले गुनासो गरिरहेका छन् ।
दैनिक जंगली जनावरले आतंक मच्चाइरहदा पनि यसको नियन्त्रणका लागि कुनै पहल भएको देखिन्न । जंगली जनावर नियन्त्रणका लागि सम्बन्धित निकायले वैज्ञानिक तबरबाट आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन । त्यसैगरि, अन्य जिल्लामा अपनाईएको प्रक्रियालाई पछ्याउनतर्फ जिम्मेवार निकायले कञ्जुस्याँई गर्नुहुदैँन । यतिमात्र नभएर जंगली जनावरबाट आक्रान्त भएका स्थानियलाई राहत तथा क्षतिपुर्तिको व्यवस्था गर्न सरोकारवाला निकायले यथाशिघ्र आवश्यक प्रक्रिया अघि बढाउन जरुरी छ । अतः जंगली जनावरले स्थानियमा पु¥याएको पिडालाई कम गर्न राज्यको संयन्त्र गम्भिर हुनुपर्दछ ।