सिन्धुलीमा पहुँचवाला, नातागोता आफन्तवाद, कृपावाद र सामिप्यवादले जरो गाडेको छ । देशमा संघीयता आएसँगै गाउँगाउँमा अनियमितता, भ्रष्टाचार र कुशासन हावि भएको छ । जिल्लाको स्थानिय तहले करारमा नियुक्ति गर्ने कर्मचारीमा योग्य र सक्षम व्यक्तिलाई प्राथमिकता दिने भन्दा पनि नजिकका कार्यकर्ता र आफन्तलाई नियुक्ति दिइएको छ । राजनितिनै दुर्गन्धित भएपछि अन्य संयन्त्र झनै कमजोर भएको छ । गैरसरकारी संघ, संस्थादेखि अन्य रोजगारदाताले पनि आफन्तवाद र कृपावादलाई नै बढि जोड दिइरहेका छन् । सिन्धुलीबाट उच्चा शिक्षा अध्ययनकालागि भन्दै विदेशिने र उतै बसोबास गरि नेपाली नागरिकता त्याग्नेको संख्या ठूलो छ । आफ्नै देशमा उर्जाशिल उमेर बिताउने युवाको इच्छालाई नातावाद, कृपावाद, आफन्तवाद र पहुँचले तिलाञ्जली दिन बाध्य बनाएको छ ।
तसर्थ, जिल्लाका सरोकारवाला निकायले युवाको क्षमतामाथि भएको बेइज्जति र भावनासँग गरिएको खेलबाडलाई गम्भिरताका साथ विश्लेषण गर्न जरुरी छ । अतः क्षमता र शिपको कदर गर्नतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण हुनुपर्दछ ।