सिन्धुलीको गोलन्जोर र सुनकोशी गाउँपालिकामा फोहोरको व्यवस्थापन हुन नसक्दा विपी राजमार्ग दुर्गन्धित बनेको छ । विपी राजमार्ग आसपासका क्षेत्रमा जथाभावि फोहोर संकलन गर्दा यात्रुहरु नाक थुनेर यात्रा गर्न बाध्य छन् । भालुखोला पुलस्थित विपी राजमार्गमा फोहोरको डंगुर थुपारिएको छ । फोहोर विसर्जन गर्ने स्थानको खोजी नहुँदा जथाभावि यत्रतत्र राजमार्गमै फोहोर फ्यालिएको छ । एसिया महादेशकै उत्कृष्ट राजमार्गका रुपमा परिचित विपी राजमार्ग मानविय संवेदनशिलता र त्रुटिका कारण दुर्गन्धित बनेको छ । तसर्थ, विपी राजमार्ग आसपासका क्षेत्रको सफाई गर्न गोलन्जोर, सुनकोशी र कमलामाई नगरपालिकाले विशेष जोड दिन आवश्यक छ । त्यसैगरि, गाडीमा डस्टविन राख्नुपर्ने नियमलाई कार्यान्वयन गर्नतर्फ जिल्ला ट्राफिक कार्यालय लगायत सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ । राजमार्गमा जथाभावि फ्यालिएको छाँदका प्लाष्टिक लगायत प्लाष्टिकजन्य सामाग्रीले राजमार्ग कुरुप बनेको छ ।
अतः विपी राजमार्गलाई सफा राख्न यात्रुदेखि राज्यका संयन्त्रले बिषेश पहल गर्न आवश्यक छ । त्यसैगरि, स्थानिय तहले पनि राजमार्ग छेऊमै फोहोर संकलन गरेर स्थानिय तहको लाचारीपन र दुर्गन्धका कारण दैनिक हजारौँ यात्रुले नाक खुम्चाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्नुपर्छ ।