बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

क्रिकेटको विकासमा जोड देऊ

शुक्रवार , चैत्र ३, २०७९

जिम्बाबेमा हुने विश्वकप त्रिकेट प्रतियोगिता छनोटमा नेपालले स्थान बनाउन सफल भएको छ । बिहिबार युएई विरुद्धको खेलमा नेपालले जित निकाल्दै विश्वकप छनोटमा पुगेको छ । उक्त खेल झण्डै १० लाख बढि दर्शकले खेलमैदान र टेलिभिजनमा हेरेको अनुमान गरिएको छ । क्रिकेटप्रतिको क्रेज नेपालमै बढ्दै गइरहेपनि जिल्लाजिल्लामा क्रिकेटसँग सम्बन्धित संघसंस्थाले उपलब्धिमुलक काम गर्न सकिरहेका छैनन् ।

सिन्धुलीमा पनि क्रिकेट संघले खेलाडी उत्पादनकालागि खासै सन्तोषजनक काम गर्न सकिरहेको छैन । क्रिकेट संघले मात्र नभएर स्थानिय तह लगायत सरोकारवाला निकायले क्रिकेट क्षेत्रको विकासमा परिणाममुखि काम गर्न चुकेको अवस्था छ । तसर्थ, जिल्लामा रहेको खेलकुद संघ, क्रिकेट संघ, स्थानिय तह, क्लब लगायत सम्बन्धित सरोकारवाला निकायले त्रिकेटप्रतिको क्रेजलाई सम्बोधन गर्दै विविध प्रतियोगिता आयोजना गर्न जरुरी छ । यतिमात्र नभएर क्रिकेट खेलको समग्र विकासकालागि प्रशिक्षण देखि प्रतियोगिता संचालन गर्नतर्फ जिम्मेवार पक्ष गम्भिर हुनुपर्दछ ।

सिन्धुलीका शैक्षिक संस्थाले पनि खेलाडी उत्पादनकालागि महत्वपुर्ण कदम चाल्न कञ्जुस्याईँ गर्नुहुदैँन । खेलाडीले अवसर नपाउँदा उनीहरुले प्रतिभा प्रदर्शन गर्न पाइरहेका छैनन् । तसर्थ, जिल्लामा ओझेलमा रहेको क्रिकेट खेललाई सतहमा ल्याउन सरोकारवाला निकायले आवश्यक कदम चाल्नुपर्दछ ।

 

प्रतिक्रिया