बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

महिला हिंसा अन्त्यका लागि एकजुट हौँ

बिहिवार , चैत्र २, २०७९

सिन्धुलीमा दिनप्रतिदिन महिला हिंसाका घट्ना बढ्दै गएको छ । महिलाहरु आफ्नै घर भित्र सुरक्षित छैनन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पछिल्लो चार वर्षमा २७६ वटा घरेलु हिंसाको उजुरी दर्ता भएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ४१, आव २०७६/०७७ मा ६८, आव ०७७/७८ मा ६४ र आव ०७८/७९ मा १०३ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन । कुटपिट गरी घर निकाला गरिएको, शारीरिक यातना, शारीरिक तथा मानसिक, शारीरिकसँगै मानसिक यातना दिने, आवश्यक खर्चसमेत नदिई आर्थिक अभावमा पारेर यातना दिने, आर्थिक यातना दिएको लगायतका महिला हिंसाको उजुरी आउने गरेको प्रहरीले बताएको छ ।

भनिन्छ, श्रीमान् श्रीमती एउटा रथका दुई पांग्र्रा हुन् । एउटाको गति बिना अर्कोको गति अन्योल, अस्पष्ट, भद्रगोल र दिशा विहिन हुन्छ । यो कुरा स्पष्ट रुपमा बुझेर पनि मानिसले पारिवारिक हिंसा गरिरहेको छ । जीवनको संगी वा जीवन साथी भनेर गाँसिएको सम्बन्धको नायक श्रीमानबाट महिला असुरक्षित हुने गरेका हुन् । श्रीमान् श्रीमती जस्तो बलियो सृष्टि बचाएको सम्बन्ध पनि धर्मसंकटमा परिरहेको छ भन्ने लाग्छ ।

जिल्लमा बढेर गएको खतरापूर्ण महिला हिंसालाई नियन्त्रण गर्न पहिलो कागजमा मात्र सिमित कानुनलाई संशोधन गरी कडा व्यवस्था कार्यन्वयन गर्ने, मानिसमा निश्चित तहको शिक्षा अनिवार्य लिनुपर्ने व्यवस्था गराउने, शिक्षाको महत्वलाई समाजको तल्लो तहमा पुगेर बुझाउने, महिलालाई अधिकारयुक्त बनाउने, आर्थिक, सामाजिक, धार्मिक, राजनैतिकले महिला पुरुषमा समानता ल्याउने, नातावात, कृपावाद जस्तो व्यवस्था कार्यन्वयनलाई मुक्त गराउने स्थानीय स्तरमा स्थानीयकै सहभागिता र नेतृत्वमा प्रभावकारी सुरक्षा संयन्त्र निर्माण गर्ने । हालको अवस्थामा रहेको नागरिकलाई नछुटिइकन जनचेतनाको विकास गर्ने साथै व्यवस्थालाई सरल सस्तो दु्रत बनाउन सके महिला हिंसामा कम हुन सक्छ । अहिले कै घटना बढेर जाने हो भने महिला हिंसाले मानव विकास खतरामा पर्न सक्छ ।

प्रतिक्रिया