बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सुशासनका मापदण्ड पुरा गर

आइतवार , फाल्गुण ७, २०७९

राज्य संयन्त्रलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु नै सुशासन हो । सुशासनले विकास, समृद्धि र जनसन्तुष्टिको अपेक्षा बोकेको हुन्छ । सुशासन कायम गर्न राज्य संयन्त्रका सबै अंगलाई गतिशील, सहभागितामूलक र जवाफदेही बनाउँदै नागरिक सचेतनाको समेत विकास गर्नु आजको आवश्यकता हो । सुशासनका न्यूनतम मापदण्डहरुको बारेमा स्थानीय सरकार र आम नागरिकले यसको प्रयोग तथा प्रक्रियाको विषयमा जानकारी प्राप्त गर्नुपर्छ । सिन्धुलीवासी यहाँका सरकारी कार्यालय र स्थानिय तहबाट उपलब्ध हुने सेवाप्रति सन्तुष्ट हुन सकेका छैनन् । राज्यको संयन्त्र सन्तोषजनक नभएको भन्दै आलोचना भएपनि नागरिकले के कसरी सुशासनकालागि आवाज उठाउने भन्नेबारेमै सचेत नभएको पाईन्छ । सरकारी कार्यालय लगायत स्थानीय सरकारबाट बाट प्रवाह गरिने सेवालाई प्रभाबकारी बनाउन आमनागरिकहरुले पनि निगरानि गर्नुपर्छ । तसर्थ, जवाफदेहिताका लागि जनप्रतिनिधि लगायत सरोकारवाला निकाय सधै प्रतिवद्ध हुन जरुरी छ ।

नागरिक समाजका संस्थाहरुले आन्तरिक सुशासन कायम गर्नका लागी सहभागिता, कानुनको शासन, पारदर्शीता, जवाफदेहिता, नितीगत प्रभावकारी र कार्यदक्षताका क्षेत्रहरुमा ध्यान दिनु पर्दछ । जवाफदेहि एक पक्षको मात्र नभएर सेवा लिने र दिने दुबै जिम्मेवार बन्नुपर्छ । अतः सुशासनका मापदण्डहरु पुरा गर्नतर्फ जिम्मेवार निकाय गम्भिर हुनुपर्दछ ।

प्रतिक्रिया