२०५२ सालको फागुन १ गते सिन्धुलीको सिन्धुलीगढीसहित चार जिल्लाका विभिन्न स्थानमा फौजी हमला गर्दै तत्कालिन माओवादीले जनयुद्धको घोषणा गरेको थियो । माओवादीले सशस्त्र युद्ध शुरु गरेको आज २७ वर्ष पुग्दा देशमा थुप्रै सकारात्मक परिवर्तनहरु देखिएको छ । शासन प्रणाली परिवर्तन भएपनि अनुशासनको खडेरी छ । कर्मचारीतन्त्र र जनप्रतिनिधिको दंभका कारण नागरिकमा व्यापक निराशा छाएको छ । राजतन्त्रीय शासनमा एक व्यक्तिको हातमा रहेको शक्ति अहिले बाँडिएको छ ।
शासक फेरिएपनि शासन भने फेरिएको छैन । कुशासन, भ्रष्टाचार, अपराधिक कार्य दिनहुँ बढिरहेको छ भने अपराधीलाई पहुँचवालाले संरक्षण गरिरहेका छन् । देश संघीयतामा गएपछि सिंहदरबार गाउँगाउँमा पुगेपनि निमुखा र गरिब जनताले सरकारको अपन्त्व गर्न सकिरहेका छैनन् । वडा देखि केन्द्रसम्म भ्रष्टाचार बढ्दो छ । नियमनकारी निकायनै आर्थिक अनियमिततामा मुछिदा देशमा कुशासन मौँल्याएको छ । निश्चित उद्धेश्यका साथ शुरु गरिएको शसस्त्र युद्धले आमुल परिवर्तन ल्याएपनि गरिब, श्रमजिवि र निमुखा जनताले राज्यको अपन्त्व गर्न पाइरहेका छैनन् । तसर्थ, जनयुद्धको नेतृत्व गरेको पार्टीनै देशको नेतृत्वमा रहेको हुँदा जनयुद्धका उपलब्धिलाई संस्थागत गर्नतर्फ विशेष ध्यान दिन आवश्यक छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा नागरिकले स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ । समावेशि र समान समाज निर्माण गर्नतर्फ जनयुद्धका शुरुवातकर्ताहरुको ध्यान केन्द्रित हुन आवश्यक छ । अतः जनयुद्धका उपलब्धिलाई सबै तह, तप्काको नागरिकसम्म पु¥याउन माओवादी नेतृत्व गम्भिर हुन जरुरी छ ।