बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका खानीमा मनोमानि हुन नदेऊ

शनिवार , पौष २३, २०७९

सिन्धुलीको दुधौली नगरपालिका १३ स्थित ककुरठाकुरमा रहेको चुनढुंगा खानी बर्षौदखि उपयोग भइरहेको छ । मारुति सिमेन्टले सो क्षेत्रको चुनढुंगा उत्खनन् गरिरहेको छ । सो क्षेत्रको प्राकृतिक श्रोतबाट वर्षेनि उक्त कम्पनिले अर्बौँ रुपैँया आम्दानी गरिरहेको छ । तर, स्थानिय तहले भने एक रुपैँया पनि नपाएको अवस्था छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत केहि थान एम्बुलेन्स सहयोग गरेर सरोकारवाला निकायको मुख बन्द गरिदिएको स्थानिय बताउँछन् । चुनढुंगा उत्खनन् गर्दा स्थानिय वस्ति जोखिममा रहेको भन्दै केहि वर्षअघि विरोध नभएको पनि होइन ।

तर, सरोकारवाला निकायबिच तैँ चुप, मैँ चुप प्रवृद्धिका कारण मारुतिले निर्वाध रुपमा स्थानिय सरकारलाई बिना राजश्व बुझाई सिन्धुलीबाट अर्बौँ रुपैँया लगिरहेको छ । यतिमात्र नभएर सरोकारवाला निकायलाई नै मासिक कमिशन बुझाएर चुप लगाउन खोजिएको उक्त कम्पनिमाथि आरोप लागिरहेको छ ।

सिन्धुलीमा प्राकृतिक श्रोतको दोहन अत्याधिक छ । स्थानिय सरकारले प्राकृतिक श्रोतको दोहन हुँदा पनि मौन बस्ने गरेको विगतको महालेखापरिक्षकको कार्यालयले देखाउँछ । जिल्लामा रहेको प्राकृतिक श्रोत कुनै एक व्यक्ति वा समूहलाई सुम्पने भन्दा पनि स्वच्छ प्रतिस्पर्धाबाट स्थानिय सरकालाई फाइदा पुग्ने गरि जिम्मा दिन जरुरी छ । अतः दुधौलीमा रहेको चुनढुंगा उत्खनन्प्रति सरोकारवाला निकायले अध्ययन गरि आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन ।

प्रतिक्रिया