सिन्धुलीमा पेट्रोलियम पदार्थ गुणस्तरहिन भएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् । जिल्लामा रहेका केहि पेट्रोल पम्पबाट खरिद गरिएको पेट्रोलियम पदार्थमा पानी मिसावट हुने गरेको उपभोक्ताले बताएका छन् । अन्य जिल्लाबाट खरिद गरिएको पेट्रोलियम पदार्थले सवारीसाधन धेरै किलोमिटर कुद्ने तर सिन्धुलीको पेट्रोल तथा डिजेलले थोरै माइलेज दिने गरेको उपभोक्ताले बताउने गरेका छन् । त्यसैगरि, पेट्रोलियम पदार्थ गुणस्तरहिन हुँदा सवारीसाधनको ट्यांकीमा लेदो भेटिने गरेको समेत उपभोक्ताले बताएका छन् । जिल्लामा संचालित केहि पेट्रोल पम्पहरुमा उपभोक्ता ठगिने गरेका छन् । विक्रेताहरुपनि गुणस्तरहिन पेट्रोलियम पदार्थ बेच्न संकोच नमानेको अवस्था छ । किनभने, जिल्ला प्रशासन लगायत सरोकारवाला निकाय गुणस्तरहिन पेट्रोलियम पदार्थको बारेमा जानकार हुँदा हुदैँ पनि मौन बसेका छन् । तसर्थ, जिल्लामा संचालित पेट्रोल पम्पको अनुगमन गर्नतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।
सिन्धुलीमा दैनिक हजारौँ लिटर पेट्रोलियम पदार्थ खपत हुने गरेको छ । पेट्रोलियम व्यवसायमा दैनिक ठूलो आर्थिक कारोबार हुने गरेको छ । तर, नियमनकारी निकायले अनुगमन नगर्दा यस क्षेत्रबाट उपभोक्ता ठगिएको गुनासो बढ्दो छ । अतः जिल्लाका पेट्रोल पम्महरुबाट विक्रि हुने पेट्रोलियम पदार्थको परिक्षण गरि गुणस्तरीयता मापन गर्न जरुरी