बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

एमालेले समानुपातिक सांसदको टुंगो , कुन क्लस्टरमा काे-काे ?

शुक्रवार , मंसिर २३, २०७९

काठमाडौ- नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज लगाउने भएको छ । नेकपा एमाले उपमहासचिब प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिए । नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ । एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ ११० मध्ये सबैभन्दा बढी नेकपा एमालेले ३४ सीट पाएको छ । जसअनुसार उसले सबैभन्दा बढी ११ जना खस आर्यबाट पठाउनेछ । त्यस्तै आदिवासी जनजातिबाट १०, दलित र मधेसीबाट ५–५, थारुबाट २ र मुस्लिम तथा पिछडिएको क्षेत्रबाट एकएक जना पठाउनुपर्नेछ ।

एमालेबाट ३४ जना उम्मेदवार (१९ जना महिला)

खस आर्यबाट ११ जना

रघुजी पन्त,एकनाथ ढकाल,कुमार दसौदी,दयालबहादुर शाही (खस आर्य),खिमलाल पोखरेल,मुक्तिप्रसाद पाठक,मेनकाकुमारी पोखरेल,सरिता भुसाल,शोभा ज्ञवाली,विजुला रायमाझी

निर्मला कोइराला ।

आदिवासी जनजातिबाट १० जना

देवीप्रसाद भट्टचन,हेमराज राई,कालुराम राई,भीमबहादुर खवास,नैनकला थापामगर,सुर्यकुमारी श्रेष्ठ,उर्मिला थेवे,इश्वरी घर्ति,रणकुमारी बलम्पाकीमगर,शान्ति श्रेष्ठ .

दलित ५ जना

ईश्वरबहादुर रिजाल(विक),प्रभु हजारा दुसाध,रुक्मणी राना बराइली,हर्कमाया विश्वकर्मा,इन्दिराकुमारी पन्थी ।

मधेशी ५ जना

गंगाप्रसाद यादव,अमृतलाल राजवंशी,वीना देवी,अमृतादेवी अग्रहरी,प्रतिक्षा तिवारी .

थारु २ जना

सत्यनारायण चौधरी, अस्माकुमारी चौधरी ।

मुस्लिम १ जना

रुही नाज

प्रतिक्रिया