बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका संवेदनशिल निर्वाचन क्षेत्रमा जनशक्ति परिचालन गर

सोमवार , कार्तिक २१, २०७९

गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको चुनावमा सिन्धुलीको सुनकोशी र घ्याङलेख गाउँपालिकामा केहि अप्रिय घट्नाहरु भए । सुनकोशी गाउँपालिकामा एक महिला म्यादी प्रहरीको टाउको फुट्यो भने केहि घाइते समेत भए । त्यस्तै, घ्याङलेख गाउँपालिकामापनि मतदातालाई डर र त्रास देखाएर मतदान गर्न लगाएको भन्दै केहि राजनैतिक दलले विरोध जनाए । उक्त क्षेत्र संवेदनशिल रहेको भन्दै राजनैतिक दलले जिल्ला प्रशासन, प्रहरी कार्यालय लगायत जिम्मेवार निकायमा बारम्बार गुनासो पोखेका थिए । तर, सोहि क्षेत्रमा झैझगडा रोक्न सुरक्षा संयन्त्र असफल भयो ।

त्यस्तै, आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको सुरक्षाकालागि सुनकोशी र घ्याङलेखमा अन्य पालिका भन्दा कम म्यादी प्रहरी खटाइएको छ । सुनकोशी र घ्याङलेखमा क्रमश ७४ र ७० जना मात्र म्यादी प्रहरी खटाउने तयारी रहेको छ । म्यादी प्रहरी बाहेक जनपद, शसस्त्र र नेपाली सेनापनि सुरक्षामा खटिनेछ । तर, संवेदनशिल निर्वाचन क्षेत्रमै कम म्यादी प्रहरी खटाउने तयारी भइरहदा नागरिकले शंका व्यक्त गरेका छन् । तसर्थ, निर्वाचनलाई भयरहित एवं शान्तिपुर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा संयन्त्र परिचालनमा सम्बन्धित निकायले विशेष ध्यान दिन आवश्यक छ ।

सिन्धुलीका संवेदनशिल मतदान स्थलको पहिचान गरि उक्त मतदान स्थलमा सुरक्षा बलियो बनाउन आवश्यक छ । लाकतन्त्रको सुन्दर पक्ष भनेकै स्वच्छ प्रतिस्पर्धा हो । तर, निर्वाचनलाई नै सबैथोक ठानेर जसरीपनि चुनाव जित्नुपर्छ भन्ने मानसिकताले अराजकता निम्ताएको छ । त्यसैले, राज्यको संयन्त्रले कसैको पक्ष नलिई स्वतन्त्र तरिकाले निर्वाचनलाई सुरक्षित बनाउन तर्फ विशेष जोड दिन आवश्यक छ ।

 

प्रतिक्रिया