शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा मोटरसाइकल दुर्घट्ना हुँदा एकको मृत्यु

शनिवार , कार्तिक १२, २०७९

सिन्धुली– सिन्धुलीमा आज (शनिबार) मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहान ८ः४५ बजे जिल्लाको हरिहरपुरगढी गाउँपालिका ३ घण्टेस्थित मदन भण्डारी राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा हरिहरपुरगढी ३ का विश्वकुमार श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जे जंग कार्कीले जानकारी दिनुभयो । मृतक श्रेष्ठले चलाएको ना ३३ प ४७५० नम्बरको मोटरसाइकल र मकवानपुरबाट आउदैँ गरेको ना ५१ प ७६३९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा ५० वर्षिया श्रेष्ठको मृत्यु भएको हो ।

मृतक श्रेष्ठको निधार, बाँया कुईना र बाँया घुडामा चोट लागि स्वास्थ्य चौकी हरिहरपुरगढीमा सामान्य उपचार पश्चात थप उपचारको लागि हेटौँडा रिफर गरिएको थियो । उनको सामुदायिक अस्पताल हेटौँडामा उपचारको क्रममा मृत्यु भएको हो । दुबै मोटरसाइकल र अर्को मोटरसाइकल चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका ६८ वर्षिया चिरञ्जिवि न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया