शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा सुमोले बालिकालाई ठक्कर दियो

बुधवार , आश्विन १२, २०७९

सिन्धुली– बुधबार सिन्धुलीस्थित मध्यपहाडी राजमार्गमा ना १ ज ८८७४ नम्बरको सुमोले ठक्कर दिँदा ८ वर्षिया बालिका गम्भिर घाइते भएकि छिन् । ओखलढुंगाबाट काठमाडौँतर्फ जादैँ गरेको सुमोले जिल्लाको गोलन्जोर गाउँपालिका १ च्याकुटारबेसिमा राजन श्रेष्ठको ८ वर्षिया छोरीलाई ठक्कर दिएको हो । उनको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बालिकाको सुनकोशी गाउँपालिकास्थित सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।बालिका बोल्न नसक्ने अवस्थामा रहेको तर आँखा हेरिरहेको र स्वास्थ्यमा सुधार देखिएको अस्पताल श्रोतले जानकारी दिएको छ । सवारी चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया