बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका युवाहरु जाग

सोमवार , आश्विन ३, २०७९

गत वैशाख ३० गतेको स्थानिय तहको चुनावबाट युवाहरुको राजनितिप्रति ‘क्रेज’ बढेको छ । काठमाडौँमा बालेन्द्र शाहको उदय र सिन्धुलीमा झण्डै ३० प्रतिशत युवाहरु जनप्रतिनिधिमा निर्वाचित हुनु नेपाली राजनितिकालागि सुखद पक्ष हो । आगामी मंसिर ४ गतेको चुनावमा झण्डै १ करोड ७९ लाखजना मतदाता रहेकोमा ५० प्रतिशत भन्दा बढि युवाहरु मतदाता रहेका छन् ।

युवाहरु उर्जावान् र अध्ययनशिल हुन्छन् । तर, जनप्रतिनिधि छनोटमा भने युवाहरु क्षणिक लाभमा फस्दा देशले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था छ । असक्षम उम्मेदवारले राज्य सत्ताको बागडोर सम्हाल्दा युवाहरुनै बढि प्रभावित हुने गरेका छन् । बेरोजगारीले गर्दा युवाहरु विदेशिनुपर्ने बाध्यता छ । जसले गर्दा नेपालमा सामाजिक अवस्था कमजोर बनिरहेको छ । तसर्थ, आगामी चुनावको लागि युवाहरुले महत्वपुर्ण भुमिका निभाउन आवश्यक छ ।

अहिलेको युग भनेको सूचना र प्रविधिको युग हो । प्रविधिको युगमा उम्मेदवारको जानकारी लिन असहज छैन । उम्मेदवार छनोटमा युवाहरु संवेदनशिल र सजग हुने हो भने नेतृत्वमा युवाले रोजेको र देशले खोजेको व्यक्ति उचित स्थानमा पुग्नेछन् । तसर्थ, युवाहरु नेतृत्व छान्न सजग र सचेत हुन जरुरी छ । मताधिकारको सहि सदुपयोग गर्न सके देशकालागि योग्दान हुन्छ भन्ने सबैले बुझ्न जरुरी छ ।

प्रतिक्रिया