बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका नियमविपरित निर्मित संरक्षण हटाऊ

मंगलवार , भाद्र २८, २०७९

सोमबार कमलामाई नगरपालिकाले १४ नम्बर वडामा निर्माण गरिएको अवैद्य संरचना हटाएको छ । सार्वजनिक जग्गामा निर्माण गरिएको संरक्षणा हटाउन देशैभर स्थानिय तह अग्रसर देखिएको छ । सिन्धुलीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना निर्माण भएको भन्दै स्थानियले गुनासो गरेका छन् । खोलाको जग्गा मिचेर जग्गा हडपने, वनजंगल फडानि गरि संरचना बनाउने, गुठीको जग्गामा मनपरितन्त्र लगायत सार्वजनिक स्थललाई निजि प्रयोजनमा लगाइएको छ ।

जिल्लाका नौँवटै स्थानिय तहका नागरिकले सार्वजनिक जग्गा अतिक्रमणको घट्ना बढ्दो रहेको गुनासो गरेका छन् । स्थानिय सरकार चनाखो नहुने हो भने सार्वजनिक जग्गा निजिमा परिणत हुने देखिन्छ । तसर्थ, स्थानिय सरकारले नियमविपरित निर्माण गरिएका संरक्षणा हटाउन विशेष प्राथमिकता दिन आवश्यक छ ।

काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाहले नियमविपरित निर्माण गरिएका संरचना हटाएर वाहवाहि बटुलेका छन् । सिन्धुलीमा पनि कमलामाई नगरपालिकाले सोमबारबाट अवैद्य रुपमा निर्माण गरिएका संरचना हटाउन शुरु गरेको छ । यहि कार्यलाई अन्य स्थानिय तहले पनि निरन्तरता दिन आवश्यक छ । त्यसैगरि, सार्वजनिक जग्गालाई सार्वजनिक प्रयोजनमा लगाउन जिम्मेवार निकाय गमिभर हुन आवश्यक छ । अतः जिल्लामा सार्वजनिक जग्गालाई निजि प्रयोगमा ल्याउन नदिन सम्बन्धित निकाय चनाखो हुन जरुरी छ ।

प्रतिक्रिया