बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका जनप्रतिनिधिलाई शिक्षाको आवश्यकता

बुधवार , भाद्र २२, २०७९

सिन्धुलीमा जनप्रतिनिधिहरु अध्ययनशिल नहुँदा सरकारी प्रतिनिधिप्रति पूर्ण रुपमा निर्भर छन् । स्थानिय सरकारलाई दिइएको अधिकार र कर्तव्यका बारेमा जनप्रतिनिधि अनवज्ञि हुँदा कर्मचारीको भरमा स्थानिय सरकार संचालन भइरहेको छ । पालिकामा प्रमुख प्रशासकिय अधिकृत र वडामा सचिवले प्रमुखका रुपमा सरकारको प्रतिनिधि गरिरहेका छन् ।

जनप्रतिनिधिलाई कानुनि प्रावधानको बारेमा ज्ञान नहुँदा कर्मचारीबाटै उनीहरु परिचालित भइरहेका छन् । देशमा संघियता आएपछि सत्ताशासन प्रणालिमा परिवर्तन आएको छ । तीन तहको सरकारले राज्य हाँकिरहेको अवस्थामा जनप्रतिनिधि भन्दा कर्मचारी बढि हाबि भइरहेका छन् । जनप्रतिनिधिहरु विभिन्न पृष्ठभुमिबाट नेतृत्वमा पुगेको हुँदा उनीहरुलाई पर्याप्त शिक्षाको आवश्यकता छ । स्थानिय सरकार संचालन ऐन, खरिद नियमावलि लगायत कयौँ कानुनि प्रावधानकाबारेमा जनप्रतिनिधिलाई शिक्षित गर्नुपर्ने अवस्था छ । देशमा संघीयता आएको पाँच वर्ष भइसक्दा पनि राजनैतिक जिवन बिताइरहेकाहरुले राज्य संचालनको नियम, कानुनप्रति चासो नदेखाएको अवस्था छ । तसर्थ, जनप्रतिनिधिलाई राज्य संचालनको प्रक्रिया, कानुनि प्रावधान, कर्तव्य र अधिकार लगायतका विषयमा अभिमुखिकरण दिन आवश्यक छ ।

जनप्रतिनिधिहरु सरकारी प्रतिनिधिसँग निर्भर हुँदा ‘जसो जसो बाहुन बाजे, उसो उसो स्वाहा’ भनेझैँ भएको छ । जिल्लामा सरकारी प्रतिनिधि र जनप्रतिनिधिबिच टसलका घट्नाहरु सार्वजनिक भइरहेको छ । जनप्रतिनिधिमा ज्ञानको कमि र कर्तव्य, अधिकारको अपर्याप्त ज्ञानका कारण संघीयतानै धरापमा पुग्ने अवस्था रहेको हुँदा संघीय सरकारले यसतर्फ ध्यान दिन आवश्यक छ । त्यसैगरी, स्थानिय सरकारले पनि आफ्ना कमजोरीलाई केलाउँदै कसरी शिक्षित हुने भन्नेतर्फ ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया