बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सक्षम उम्मेदवारलाई प्राथमिकामा राख

शनिवार , भाद्र १८, २०७९

आगामी मंसिर ४ गतै एकैसाथ हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनकालागि सिन्धुलीमा राजनैतिक दलले उम्मेदवार छान्न गृहकार्य गरिरहेका छन् । शिर्ष दलले उम्मेदवार सिफारिशकालागि निरन्तर बैठक बसिरहेको छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्रकालागि राजनैतिक दलले उम्मेदवार सिफारिशकालागि व्यापक गृहकार्य गरिरहेको छ । जिल्लाले सिफारिश गरेपछि केन्द्रले उम्मेदवारलाई टिकट दिनेछ । आगामी चुनावकालागि कस्ता उम्मेदवारले टिकट पाउनेछन् भनेर नागरिकमा कौतुहुल्ता थपिएको छ ।

जिल्लावासिले सक्षम, इमान्दार, नैतिकवान र क्षमतावान उम्मेदवारको अपेक्षा गरेका छन् । देशमा ठूला ठूला क्रान्ति हुँदा सिन्धुलीबाट ठूलै योगदान पुगेको छ । सिन्धुली त्यहि जिल्ला हो जहाँ नेपाली कांग्रेसका संस्थापक सभापति विश्वेश्वर प्रसाद कोइरालाको जन्म भएको थियो । सिन्धुली त्यो जिल्ला हो जहाँ १० वर्षे जनयुद्धमा एक सय ६७ योद्धा सहिद भएका थिए । राजनैतिक विरासत बोकेको जिल्लाले अहिलेसम्म सोच अनुसारको विकास पाउन सकिरहेको छैन । सिन्धुलीवासिले निर्वाचित गराएका प्रतिनिधिले यहाँको नागरिकको दुखलाई बुझ्न सकेका छैनन् । तसर्थ, आगामी निर्वाचनकालागि राजनैतिक दलले सक्षम व्यक्तिलाई टिकट दिन हात कमाउनु हुदैँन ।

सिन्धुलीमा बेरोजगारी, कर्मचारीतन्त्र, भ्रष्टाचार दिनानुदिन बढिरहेको छ । सक्षम व्यक्तिले कार्यकारी पद नपाउँदा सम्म जिल्लाको समस्या ज्यूको त्यू रहनेछ । अतः राजनैतिक दलले उम्मेदवारलाई टिकट वितरण गर्दा क्षमतालाई मूल्यांकन गर्नुपर्छ ।

प्रतिक्रिया