सिन्धुलीबाट रोजगारीकालागि विदेशिने युवाको जमात ठूलो छ । युवा विदेशिनेमा ७७ जिल्लामध्य सिन्धुली शिर्ष स्थानमा पर्छ । क्षमता र सिप हुदाहुदैँपनि युवाहरुले जिल्ला छोड्नुपर्ने दुखद अवस्था छ । पहुँचको आधारमा रोजगारी दिइने प्रवृद्धिले क्षमतावान युवाहरु विदेशिन बाध्य छन् । स्थानिय तहमा करारको कर्मचारी नियुक्ति होस् वा निजि तथा गैरसरकारी संस्थामा कर्मचारी नियुक्तिमा पहुँचवालाको हाबि हुने गरेको युवाहरुले गुनासो गरेका छन् । मुख्यतः जिल्लाका सबैजसो स्थानिय तहमा करार कर्मचारी नियुक्ति गर्दा आफू निकटको व्यक्तिलाई छनौट गरिदै आएको गुनासो व्यापक छ । त्यसैगरि, गैरसरकारी संस्थाले कर्मचारी आवश्यकताको सूचना निकालेपनि राजनैकि दलका कार्यकर्तालाई भर्ना गरिने चलनले युवाहरु आजित भएको अवस्था छ । तसर्थ, जिल्लामा पहुँचको आधारमा कर्मचारी नियुक्ति बन्द गरिनुपर्छ ।
वैदेशिक रोजगारीले समाजमा धेरै विृकति ल्याईरहेको छ । बेरोजगारीले युवाहरु अपराधिक गतिविधिमा संलग्न भएका छन् भने लागुऔषधको कुलतमा फसिरहेको तथ्यलाई नकार्न सकिदैँन । शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु संचालन भए । कार्यक्रममा युवाको अधिकारको पक्षमा जोडतोडले आवाज उठ्यो ।
तर, मुखमा रामराम बगेलिमा छुरा भने जस्तै युवाको अधिकार संरक्षण गर्न सरोकारवाला निकाय चुकिरहेका छन् । तसर्थ, राज्यले युवाको नाममा भइरहेको अनियमितता र बेरोजगारीको अन्त्य गर्नतर्फ गम्भिर हुन आवश्यक छ । अतः राज्यले युवालाई अभिभाकत्व प्रदान गर्न सक्रियता बढाउन जरुरी छ ।