सिन्धुली– सिन्धुलीमा बुधबार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको फिक्कल गाउँपालिका ५ ढकरेबेसिमा करेन्ट लागेर काभ्रेको भकुन्डेबेसिका अशोक खनालको मृत्यु भएको विद्युत प्राधिकरण, खुर्कोट वितरण शाखाका इन्चार्ज विमल यादवले जानकारी दिनुभयो । घट्नास्थलतर्फ आफूहरु गइरहेको यादवले बताउनुभयो ।
इन्टरनेटको पोलमा काम गर्दैगर्दा पोल लडेर प्राधिकरणको तारमा छँुदा करेन्ट लागेर खनालको मृत्यु भएको प्रारम्मिक जानकारी मिलेको नेपाल विद्युत प्राधिकरण, सिन्धुली वितरण शाखाका प्रमुख ले जानकारी दिनुभयो । एरोनेट इन्टरनेट प्रदायकका कर्मचारी खनालले इन्टरनेटकै पोलमा काम गरिरहदा पोल लडेर विद्युत प्राधिकरणको तारमा छुँदा करेन्ट लागेको ले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेटको काम गर्नुअघि प्राधिरकणसँग समन्वय गरेर काम गरेको भए विद्युतको प्रवाह बन्दा गर्न सकिन्थ्यो ।’ उहाँले पोल छेउछाउमा काम गर्नुअघि प्राधिकरणसँग समन्वय गरेर काम गर्न सबैलाई आग्रह गर्नुभयो ।