बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा पर्यटन प्रबद्र्धनमा जोड देऊ

आइतवार , श्रावण २२, २०७९

सिन्धुलीमा पर्यटकिय गन्तव्यहरुमा राज्यको करोडौँ लगानी रहेको छ । ऐतिहासिक सिन्धुलीगढीमा युद्ध संग्राहलय, रानीदरबार लगायत समग्र गढी क्षेत्रलाई आकर्षित बनाउन तीनै तहको सरकार जुटेको छ । सिन्धुलीको पर्यटन प्रबद्र्धनकालागि ऐतिहासिक सिन्धुलीगढी परिसर कोसेढुंगा सावित हुने भएको छ । दक्षिण एसियामै पहिलो पटक अंग्रेज फौजलाई हराएको स्थानमा देशकै पहिलो युद्ध संग्राहलय निर्माण हुदाँ पर्यटन क्षेत्रको विकासमा यस्ले महत्वपुर्ण भुमिका खल्छ ।

संग्राहलय निर्माण र व्यवस्पानमा नेपाली सेनाको बर्दबहादुर गणको भुमिका सराहनिय छ । त्यसैगरि, स्थानिय सरकारले चालेका कदमहरु पनि प्रशंसनियनै छ । भौगोलिक हिसाबले निकै नै राम्रो ठाउँमा रहेको ऐतिहासिक स्थलको वातावरण र मौसममा जोकोहि लोभिन सक्छ । देशको विरताको कथा बोकेको सिन्धुलीगढीमा बनिरहेको संरचनाले इतिहास रुचाउनेकालागि पाठशाला नै हो । तसर्थ, सिन्धुलीगढीको विरताको प्रचारप्रसारकालागि स्थानिय सरकार लगायत केन्द्रिय सरकारले विशेष जोड दिन आवश्यक छ । अन्तर्राष्ट्रिय स्तरमै यहाँको इतिहासको प्रचारप्रसार गर्न सकियो भने सिन्धुलीमा पर्यटन फस्टाउन समय लाग्दैन ।

राजधानी काठमाडौँबाट सिन्धुलीगढीको दुरी कम भएको र मनोरम नागबेलि सडकका कारण पनि गढी क्षेत्र पर्यटनको लागि उत्कृष्ठ गन्तव्य हो । रमणीय दृश्य र रमाइलो मौसमले सिन्धुलीगढी क्षेत्रमा पर्यटक तान्ने निश्चित नै छ । त्यसमाथि, युद्ध संग्राहलय, रानीदरबार लगायत सिन्धुलीगढी परिसरको सजावटले सुनमा सुगन्ध थपिदिएको छ । अतः सिन्धुलीगढी पर्यटन प्रबद्र्धनकालागि कोसेढुंगा भएकाले प्रचारप्रसार गर्नतर्फ सम्बन्धित सबै निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया