बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा सर्पदंश उपचारको व्यवस्था गर

शनिवार , श्रावण २१, २०७९

सिन्धुलीमा सर्पदंशबाट वर्षेनि मानविय क्षति हुने गरेको छ । जिल्लाको नौँवटै स्थानिय तहमा सर्पदंशको समस्या रहेपनि मुुख्यतः मरिण गाउँपालिका र दुधौली नगरपालिकामा सर्पदंशको घट्ना बढि हुने गर्दछ । सिन्धुलीमा गोमन, हरेउ (भाइपर) र करेत सर्पबाट १७.९ प्रतिशत प्रताडित हुने गरेको एक तथ्यांकले देखाएको छ ।

सिन्धुली जस्तो भित्रि मधेस जिल्लामा सर्पदंश एक विपत्ति नै हो । त्यसैले जिल्लामा रहेका सर्पदंश उपचार केन्द्र र जिल्ला अस्पतालमा आवश्यक औषधि उपचारको व्यवस्था गर्न जिम्मेवार निकाय चनाखो हुन जरुरी छ । जिल्लामा धेरै पाईने गोमन र करेतको विषले श्वासप्रश्वास प्रक्रियालाई अवरुद्ध वा पक्षघात गर्ने हुनाले त्यसलाई सुचारु पार्न बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्छ, तर उपचार केन्द्र र जिल्ला अस्पतालहरूमा त्यो सुविधा छैन । सिन्धुलीको छिमेकि जिल्ला महोत्तरीमा समेत भेन्टिलेटर नहुँदा केहि दिनअघि मात्रै गोमन सर्पको डसाईबाट सिन्धुलीका एक युवाको मृत्यु भएको थियो ।

जिल्लाका उपचार केन्द्रमा एन्टीभेनम सुईको व्यवस्था नहुँदा बिरामीलाई अन्य उपचार केन्द्रमा पु¥याउनुपर्ने अवस्था छ । सर्पदंशको जोखिम सिन्धुलीमा बढ्दो छ । त्यसैले, जिल्लामा सर्पदंश उपचार केन्द्र थप स्थापना गरि आवश्यक औषधिको व्यवस्थ ागर्न सरोकारवाला निकायले पहल गर्न जरुरी छ । त्यसैगरि, स्थानिय सरकारले सर्प उद्धार प्रशिक्षण कार्यक्रम संचालन गरि सर्पको उद्धार र मानविय क्षति कम गर्न सोच्नुपर्ने बेला आएको छ । अतः सिन्धुलीमा सर्पदंशको जोखिम बढिरहेको हुँदा आवश्यक औषधिको व्यवस्था गर्नतर्फ जिम्मेवार निकाय सचेत हुन जरुरी छ ।

प्रतिक्रिया