सिन्धुलीको गोलन्जोर गाउँपालिकामा करार कर्मचारी भर्ति देखि गाउँपालिकाको भवन ठेक्का रद्ध लगायतका विषयमा सोमबार बिहानसम्म विवाद देखियो । नेपाली काँग्रेसको गोलन्जोर गाउँ कमिटिले तालाबन्दीले गरेपछि आइतबार झडप पनि भएको थियो । सोमबार असन्तुष्ट पक्ष र स्थानिय सरकारबिच सहमति भएको छ । तर, पत्रकारलाई समाचार वा सूचना फेसबुकमा लेखेकै भरमा थर्काउने र अराजक व्यवहार देखाउने र पत्रकारबिच सहमति भएको छैन ।
पत्रकारले सत्य, तथ्य समाचार नलेखेमा उजुरबाजुर गर्ने सरकारी निकाय छ । पत्रकारको ज्यानमाथि जोखिम रहेको भन्दै फोनबाट तर्साउने व्यक्तिको खोजि गरि कार्वाहीको दायरामा ल्याउन सम्बन्धित निकायले अग्रसरता देखाउन जरुरी छ । त्यसैगरि, पत्रकारहरुको छाता संगठनले पत्रकार महासंघ सिन्धुली शाखाले पनि पत्रकारविरुद्ध भएका अराजक गतिविधिको निन्दा गर्दै पत्रकारको बचाउमा उत्रिन जरुरी छ ।
गाउँपालिकाको विवादमा पत्रकार मुछिनु अस्वभाविक होइन । किनभने, पत्रकारले त्यहाँको गतिविधि पाठकसामु ल्याउने हो । ऊ पूर्वाग्राही भएर समाचार लेख्छ भने उस्लाई कार्वाही गर्ने निकाय छ । तर, उसैमाथि खनिनु वा ज्यानको धम्की दिनु अराजकता हो । तसर्थ, पत्रकार माथिको दादागिरि र पत्रकार सुरक्षाको ग्यारेण्टी दिन सम्बन्धित निकाय गम्भिर हुनुपर्दछ ।