बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

काँग्रेसमा जन्मियो नयाँ गुट

आइतवार , श्रावण ८, २०७९

काठमाडौँ – सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्य समितीको बैठक भर्खरै सकिएको छ । काँग्रेस केन्द्रिय कार्यसमितको बैठकले गरेको विभिन्न निर्णयका कारण राजनितीलेनै नयाँ कोर्ष लिने होकी भन्ने आशंका र अनुमानहरु पनि सुरु भएका छन् ।

काँग्रेसको १४ आँै राष्ट्रिय महाधिवेशन सकिएको आधा बर्ष भएको छ । सभापतीमा निर्वाचित हुनु भएका शेरबहादुर देउवाको परामा कुनै परिवर्तन नभएको पुरानै पारा देखाइरहनु भएको भनेर पनि आलोचना हुने गरेको छ ।

यस विचमा देखिएको केहि दृश्यले काँग्रेसमा नयाँ गुट जन्मिएको चर्चा पनि चल्न थालेकोे छ जसले सभापती शेरबहादुर देउवा र अर्को गुटको नेतृत्व गरिरहेका शेखर कोइरालालाई पनि झस्काएको छ ।

काँग्रेस भित्र पछिल्लो समय महामन्त्री द्धय गगन थापा र विश्वप्रकाश शर्माको बाक्लो हिमचिमले धेरैको कान ठाडो भएको छ । नयाँ पुस्ताका उदयमान नेताका रुपमा उदाइरहेका गगन र विश्वप्रकाशको कुरा मिल्न थाल्नु र हिमचिम धेरै बढे पछि देउवा र कोइराला दुवै गुटका नेताहरु सशंकित बनेका छन् ।

गगन र विश्व मिलेर काँग्रेसमा नयाँ गुट जन्मिएको चर्चा छ । १४ आँै महाधिवेशनमा भारी मतका साथ महामन्त्रीमा निर्वाचित हुनु भएका गगन र विश्व पछिल्लो समय निकै नजिक हुनु भएको छ । उहाँहरुका एजेण्डा र कुराकानी मिल्न थालेका छन् । यत्ती सम्मकी गगन थापाले आफुलाई आगामी निर्वाचन पछि प्रधानमन्त्रीको उमेदवारका रुपमा प्रस्तुत गर्नु भयो जसलाई विश्वप्रकाशले तुरुन्त समर्थन गर्नु भयो ।

राजनितीमा गगन थापा भन्दा विश्वप्रकाश शर्मा सिनियर हुनु हुन्छ तर संसदीय फाँटको जिम्मेवारीका हिसाबले गगन सिनियर देखिनु भएको छ । विश्वप्रकाश आज सम्म पनि सांसद बन्न पाउनु भएको छैन् भने गगन थापा तीन पटक सांसद र एक पटक मन्त्री भइसक्नु भएको छ ।

अहिले सम्म गगन थापाले म प्रधानमन्त्रीको उमेदवार बन्छु भन्दा काँग्रेसका कसैले पनि समर्थनमा बोलेका छैनन् तर विश्वप्रकाशले भने गगन प्रधानमन्त्रीको उमेदवार बनेमा आफुले पुराका पुरा साथ दिने र प्रस्तावकनै बन्ने घोषणा गर्नु भएको छ । दुई फरक फरक गुटबाट काँग्रेसको महामन्त्री बन्नु भएका गगन र विश्वको दुनिँयाले बुझ्ने गरीनै दोस्ती बढेको छ ।

१४ औँ महाधिवेशनमा गगन थापा शेखर कोइराला गुटबाट र विश्वप्रकाश शर्मा प्रकाशमानसिंह गुटबाट महामन्त्रीमा बिजयी हुनु भएको थियो । त्यसो त काँग्रेस महाधिवेशनको म्यान्डेट गगन र विश्व मिलुन् भन्ने खालकै थियो किनभने उहाँहरुले गुटको दायरा भन्दा धेरै मत प्राप्त गर्नु भएको थियो ।

गगन र विश्वप्रकाश मिलेकै कारण हालै सम्पन्न काँग्रेसको केन्द्रिय कार्य समितको बैठकमा सभापती देउवाले चाहे जस्तो मात्रै एकलौटी निर्णय हुन पाएन । निर्णय प्रक्रियामा गगन र विश्वप्रकाशनै हाबी हुनु भएको छ । उहाँहरुले पार्टी भित्र आफ्नो प्रभाव बढाउँदै लानु भएको छ ।

गगन थापाले आफुलाई प्रधानमन्त्रीको उमेदवारको रुपमा अघि सारेको कुरा शेखर कोइराला सहित शेखर टिमकै मान्छेलाई फिटिक्कै मन परेको छैन । शेखर कोइरालाले पनि गगन थापालाई काउन्टर दिँदै आफुलाई प्रधानमन्त्रीको रुपमा अघि सार्नु भएको छ ।

गगन थापा र विश्वप्रकाश मिलेर काँग्रेसमा नयाँ गुट बन्न लागेको र युवाहरुले आगामी महाधिवेशनमा निर्णायक हस्तक्षेप गर्ने गरि लामो समय सम्मकै डिजाइन हेरेर अघि बढ्न खोजेको चर्चा चलेको छ । गगन थापा प्रधानमन्त्री भएमा उहाँको समर्थनमा १५ औँ महाधिवेशनमा विश्वप्रकाश शर्मा पार्टी सभापती बन्ने सम्मको अड्कल बाजी चल्न थालेको छ ।

प्रतिक्रिया