सिन्धुली लगायत देशभर पुनः कोरोना भाइरसको संक्रमण बढिरहेको छ । सिन्धुलीमा झण्डै १० महिनापछि गत आईतबार कोरोना संक्रमण देखिएको छ । त्यसयता, छ दिनमा १३ जनामा कोभिड पोजेटिभ देखिएको छ । कोरोना परिक्षण गर्नेको संख्या बढ्ने हो भने जिल्लामा संक्रमितको संख्या ह्वात्तै बढ्ने देखिन्छ । पहिलो, दोश्रो हुदैँ तेश्रो चरणमा कोभिड फैलिरहदा जिल्लामा स्वास्थ्य सुरक्षाको न्युनतम मापदण्ड पनि पालना गरिएको छैन । बजार क्षेत्रको त कुरै छोडौँ, सरकारी कार्यालयमा समेत मास्कको प्रयोग हुने गरेको छैन । देशभर कोरोना संक्रमण बढिरहदा गृहमन्त्रालयले गुपचुपमा सूचना त प्रकाशन गरेको छ तर सूचनाको प्रभावकारीता भने देखिएको छैन । त्यस्तै, जिल्ला प्रशासन कार्यालयले पनि कोभिडको बढ्दो तथ्यांकलाई मध्यनजर गर्दै कुनै पनि निर्णय लिएको छैन । जिल्लामा तत्कालकोलागि मास्क वितरण देखि सचेतना कार्यक्रमहरु संचालनको आवश्यकता छ । तसर्थ, कोभिड पोजेटिभको संख्या बढ्नुअघि नै सावधानि अपनाउन तर्फ सम्बन्धित निकाय चनाखो हुन आवश्यक छ ।
संक्रमितको संख्या बढिरहदा सर्वसाधारण स्वयं आफू सचेत हुन ध्यान दिनुपर्छ । अब मास्क र स्यानिटाईजरलाई अत्यावश्यक सामाग्रीका रुपमा प्रयोग गर्ने बानि बसाल्नुपर्छ । मास्क र स्यानिटाईजरले कोरोनामात्र भगाउदैँन, अन्य संक्रमणबाट पनि टाढा राख्छ । तसर्थ, स्वस्थ रहन स्वास्थ्य सतर्कताको न्युनतम मापदण्ड पूरा गर्नतर्फ सबै सचेत हुन आवश्यक छ ।