सिन्धुली – जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षाले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित सिन्धुलीका गंगानारायण श्रेष्ठ गरि ९ जना कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको छ । २०७० को संविधानसभाको चुनावमा सिन्धुली २ मा कांग्रेसका मोहन बरालसँग तत्कालिन माओवादी केन्द्रका गंगानारायण श्रेष्ठ पराजित हुनुभएको थियो ।
पदमुक्त हुनेमा बाबुराम भट्टराईसँगै हिसिला यमी, महेन्द्र यादव, दुर्गा शोप, प्रशान्त सिंह र गंगा श्रेष्ठ छन् । त्यस्तै, बैठकले रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरीलाई पदमुक्त गरेको हो । कारबाहीमा परेका ८ जना कार्यकारिणी सदस्य हुन् । उनीहरूमाथि पार्टी विधानविपरीत काम गरेको आरोप छ । त्यस्तै, अध्यक्षले प्रयोग गर्ने अधिकार प्रयोग गरी बैठक बोलाउने काम गरेको, नयाँ पार्टी खोल्ने निर्णय गरेको आरोप छ । कारबाहीमा परेका बाबुराम भट्टराई र महेन्द्र यादव सांसद समेत हुनुहुन्छ ।
भट्टराईले मंगलबार र बुधबार दुई दिन काठमाडौँमा छुट्टै भेला बोलाउनुभएको थियो । त्यस्तै जसपा अशोक राई संघीय परिषद अध्यक्ष चयन हुनुभएको छ । वीरगन्जमा बसेको जसपा केन्द्रीय कमिटी बैठकले राईलाई परिषद अध्यक्ष चयन गरेको हो । जसपाले संघीय परिषद अध्यक्ष रहेका बाबुराम भट्टराईलाई पदमुक्त गरेर राईलाई चयन गरेको हो ।