शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पुर्वमन्त्री शेर्पा सवार कार सिन्धुलीमा दुर्घटना

शुक्रवार , आषाढ २४, २०७९

सिन्धुली– पुर्व पर्यटनमन्त्री सवार गाडी सिन्धुलीमा दुर्घटना भएको छ । जिल्लाको कमलामाई नगरपालिका १४ स्थित चन्दनपुरमा बा २ च ९००३ नम्बरको गाडी दुर्घटना हुँदा चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । गाडीमा सवार पुर्वमन्त्री कृपासुर शेर्पा, पेम्बा गुरुङ, देवराज राई र गणेश थापा घाइते भएको लामाले बताउनुभयो । घाइतेहरुको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ । पुर्वमन्त्री शेर्पा सामान्य घाइते छन् भने अन्य मध्य घाइते रहेको अस्पताल श्रोतले बतायो । शेर्पा २०७२ सालमा प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा पर्यटनमन्त्री चयन हुनुभएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया