बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

स्थानिय उत्पादन बढाऊ

सोमवार , आषाढ १३, २०७९

सिन्धुलीका स्थानिय तहमा मौसम अनुसारको तरकारी, फलफुल, जडिबुटि, अन्नबाली लगायत कृषिजनय वस्तुको खेति हुने गरेको छ । कृषि क्षेत्रमा प्रचुर संभावना रहदा रहदैँ पनि जिल्लामा यस क्षेत्रको विकास हुन सकिरहेको छैन । उर्बर भुमि हुँदाहुँदै पनि कृषि क्षेत्र जिल्लामा फस्टाइरहेको छैन । स्थानिय देखि प्रदेश र केन्द्रिय सरकारले कृषिमा ठूलो लगानी गरेतापनि प्रतिफल भने राम्रो देखिएको छैन । अनुदानकैलागि भन्दै फर्म तथा संस्था खोल्ने परिपाटी बढिरहेको छ । आफन्तवादले गर्दा वास्तविक कृषकले सरकारको सुविधा पाउनबाट वञ्चित भइरहेको अवस्था छ । यतिमात्र नभएर, सिचाईको समस्या, अव्यवस्थित बजार, बिचौलियाको रजगजले गर्दा कृषकहरु मारमा परेका छन् ।

जिल्लामा जुनार, टमाटर, मकै, धान लगायत थुप्रै अन्नवालि, फलफुल, तरकारीको उत्पादकत्व संभावना राम्रो छ । तर, जनशक्तिको अभाव र समस्यैसमस्याका कारण यस पेशाप्रति युवाहरु प्रभावित हुन सकिरहेका छैनन् । तसर्थ, स्थानिय सरकार लगायत जिम्मेवार निकायले आफ्नो क्षेत्रमा उत्पादन हुने वस्तुको संरक्षण, बजार व्यवस्थापन र वातावरण सिर्जना गर्न विशेष जोड दिन आवश्यक छ । सिन्धुलीमा ठूलो मात्रामा तरकारी, अन्नबालि लगायत कृषिजन्य वस्तु तराई लगायत अन्य क्षेत्रबाट आयात गरिन्छ । जिल्लामै उत्पादनको संभावना रहदा रहदैँ पनि परनिर्भर हुनु दुखद हो । त्यसैले, कृषकहरुको मनोबल बढाउन, समस्याको समाधान गर्न र युवाशक्तिलाई यस पेशाप्रति आकर्षित गर्न सरोकारवाला निकायले विशेष जोड दिन जरुरी छ । अतः आफ्नै ठाउँमा उत्पादन हुने वस्तुको संरक्षण र बजार व्यवस्थापनमा सम्बन्धित निकायले आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन ।

सम्बन्धित विषय:

प्रतिक्रिया