नौवटा स्थानिय रहेको सिन्धुलीमा एउटा बाहेक सबै स्थानिय सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । अधिकांश स्थानिय तहमा कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, पर्यटन र पुर्वाधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । नवनिर्वाचित जनप्रतिनिधिको नेतृत्वमा सार्वजनिक गरिएको नीजि तथा कार्यक्रमहरु सन्तोषजनक छन् । तर, विगतको परिपाटिलाई हेर्ने हो भने बजेट कार्यान्वयन नहुँदा फ्रिज हुने समस्या छ । विकास बजेट खर्च गर्न स्थानिय सरकार असक्षम देखिएको विगतको इतिहासले देखाउँछ । चालु खर्चतर्फ विनियोजित बजेटको खर्च मात्र भएर स्थानिय सरकार सक्षम छ भन्नु अत्युक्ति हुन्छ । मुख्यतः पुजिँगत खर्चतर्फको बजेट सदुपयोग गर्न सके स्थानिय सरकार सक्षम रहेको केहि हदसम्म देखिन सकिन्छ । तसर्थ, सिन्धुलीका सबै स्थानिय तहले बजेट कार्यान्वयनमा कर्मचारी परिचालन र निति निर्माणलाई प्राथमिकतामा राख्न जरुरी छ ।
सिन्धुलीका नौँवटा स्थानिय तहका कर्मचारीलाई वर्षेनि करोडौँ रुपैँया पारिश्रमिक वितरण गरिन्छ । कर्मचारीको व्यवस्थापनमा नेतृत्वले समय खर्चिने हो भने प्रभावकारी कामको नतिजा देख्न समय लाग्दैन । काठमाडौँ महानगरपालिकामा मेयर बालेन्द्र शाहले कार्यालयमा सिसिक्यामेरा राखेर कर्मचारीको निगरानि गरिरहेका छन् । सिन्धुलीका स्थानिय सरकारले पनि कर्मचारीको निगरानि गर्नतर्फ विशेष जोड दिन आवश्यक छ । त्यसैगरि, हतारको काम लतारमा भनेझैँ आर्थिक वर्ष सकिन लाग्दा बजेट सकाउने होडबाजीमा स्थानिय सरकार लाग्नुहुदैँन । समयको व्यवस्थापन र कर्मचारी परिचालनमा जनप्रतिनिधिले जोड दिने हो भने बजेट सदुपयोग हुने निश्चित छ । अतः बजेट कार्यान्वयनमा सबै स्थानिय तहले समय तालिका अनुसार कार्यसुचि बनाएर अघि बढ्न आवश्यक छ ।