बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीको बालबालिकाको संरक्षण गर

शुक्रवार , जेठ २०, २०७९

सिन्धुलीको मरिण गाउँपालिका घर भएका तीनजना बालकलाई गत सोमबार प्रहरीले नियन्त्रणमा लिई परिवारलाई बुझायो । केहि दिनअघि मात्रै मरिणकै एक बालकलाई भक्तपुरको इट्टा भट्टामा काम गर्दै गरेको अवस्थामा गैरसरकारी संस्थाले फेला पारि उद्धार गरेको थियो । मरिणमा मात्रै नभएर जिल्लाका अधिकांश पालिकामा बालबालिका असुरक्षित रहेको यस्ता घट्नाले देखाउँछ । परिवारको संरक्षण नपाएका बालबालिकाहरु श्रम गर्न बाध्य छन् । मुख्यतः परिवारको आर्थिक अवस्था कमजोर भएका र अभिभावक गुमाएका बालबालिकाहरु समाजमा असुरक्षित छन् । बालबालिकाको अधिकार संरक्षणको नाममा जिल्लामा थुप्रै सरकारी तथा गैरसरकारी संस्थाले काम गरिरहेका छन् । तसर्थ, जिल्लाबाट बाल श्रम न्युनिकरण हुन सकेको छैन । बालबालिकाको हक अधिकार सुनिश्चितताकालागि स्थानिय सरकारपनि मौन देखिएको छ ।

बालबालिकाको नाममा राज्यले ठूलो लगानी गरेको छ । तर, परिणाम नआउँदा उक्त लगानी कता पोखिन्छ भन्ने दुविधा बढेको छ । बालबालिकाको अवस्था बुझ्नकालागि स्थानिय सरकारले थप जनशक्ति र प्रविधिको प्रयोग गर्नतर्फ जोड दिनुपर्छ । अभिभावक नभएका, श्रम गरिरहेका लगायत बालअधिकार खोसिएका बालबालिकाको हितकालागि स्थानिय सरकार गम्भिर हुन जरुरी छ । तसर्थ, बालबालिकाको संरक्षणकालागि सरकारी तथा गैरसरकारी संस्थाले प्रभावकारी कार्यक्रममा लगानी गर्नुपर्दछ । अतः बालबालिकाको अधिकार संरक्षणमा जिम्मेवार पक्षले थप गृहकार्य गर्न आवश्यक छ ।

प्रतिक्रिया