बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा निगरानि बढाऊ, चोरी नियन्त्रण गर

मंगलवार , जेठ १७, २०७९

सिन्धुलीमा मोटरसाइकल चोरीको घट्नामा वृद्धि भएको छ । १० दिनको बिचमा कमलामाई नगरपालिकाबाटै दुईवटा मोटरसाइकल हराइसकेको छ । भलई, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भने एउटा मोटरसाइकल फेला पारेर मोटरसाइकल धनिलाई जिम्म लगाइसकेको छ । जिल्लाको सदरमुकाममै चोरी हुदाँ शान्ति सुरक्षाकालागि प्रहरी प्रशासनको कार्य सन्तोषजनक नभएको गुनासो आइरहेको छ । जिल्लाका मुख्य चोकहरुमा स्थानिय तहको आर्थिक सहयोगमा सिसि क्यामेरा जडान गरिएको छ । लाखौँ खर्चिएर जडान गरिएको सिसि क्यामेराको अधिकतम प्रयोग हुन सकेको छैन । मुख्य चोक देखि भित्रि चोकसम्म क्यामेरा जडान भएपनि चोरी नियन्त्रणमा उक्त सामाग्रीलाई प्रभावकारी ढंगमा परिचालन गर्न सकिएको छैन । त्यसैगरि, प्रहरीले पनि गस्तिलाई प्राथमिकतामा राखेर जनशक्तिको सदुपयोग गर्नतर्फ जोड दिनुपर्दछ ।

समाजमा चोरी नियन्त्रणकालागि संयुक्त प्रयासको आवश्यकता छ । प्रहरी वा प्रशासनको सक्रियताले मात्र चोरी नियन्त्रण असंभव छ । तर, जिल्लामा जिम्मेवार निकाय पनि मौन छन् भने स्थानियले पनि बेपर्वाह गरिरहेका छन् । आफ्नो सम्पत्तिको सुरक्षा आफैँले गर्नुपर्छ । तर, चोरलाई नै सहज हुने गरि गैरजिम्मेवारीपुर्ण तरिकाले जथाभावी सम्पत्ति राख्दा चोर प्रोत्साहित हुने अवस्था छ । तसर्थ, चोरी नियन्त्रणकालागि स्वयं नागरिक सचेत हुन जरुरी छ । त्यसैगरि, शान्ति सुरक्षा र नागरिकको धनसम्पत्तिको सुरक्षाकालागि जिम्मेवार निकाय गम्भिर भएर आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन ।

प्रतिक्रिया